झापा, १६ फागुन । हर्कलाल मार्गमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति ९ बजेर २० मिनेट तिर बिर्तामोड ४ कञ्चनजंघा स्कुल छेउस्थित हर्कलाल मार्गमा बिर्तामोडबाट दक्षिणतर्फ जाँदै गरेको बागमति प्रदेश–०१–०२५च ६०५० न. को कार र बिपरित दिशाबाट आउँदै गरेको प्र१–०१–०१६प ३९५९ न. को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर १३ चारआली बस्ने बर्ष २५ का बिशाल पौडेललाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा पु¥याइएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । मोटरसाइकल पछाडी सवार कनकाई ६ बस्ने बर्ष २५ का चन्द्र किशोर चापागाईको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
कार चालक बिर्तामोड नगरपालिका ६ बस्ने बर्ष २५ का चिराग सिन्हालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।









