झापा, १६ फागुन। झापाको मेचीनगरमा हात्तीको आक्रमणबाट एक युवक घाइते भएको प्रहरीले जनाएको छ ।
गएराति ११ बजे मेचीनगर .२ जनता टोल बस्ने इन्द्रप्रसाद ढकालका छोरा बर्ष १७ का सागर ढकाललाई घर बाहिर एउटा जंगली हात्ती आई आक्रमण गरेको हो। घाइते ढकाललाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।उनको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।
जंगली हात्तीले झापामा लगातार जनधनको क्षति गर्दै आएको छ । चार दिनअघि जंगली हात्तीको आक्रमणबाट घाइते भएकी बाह्रदशी १बोक्राझारी बस्ने ५० वर्षीया लिला राजवंशीको मृत्यु भएको हो ।









