देश बनाउने पार्टीलाई जिताउन विदेशबाट पनि आउन थाले

दमक ,१६ फागुन, २०८२। फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन नजिक आई रहेका बेला विदेश गएकाहरु पनि मतदानका लागि आउने क्रम बढेको छ । यसै क्रममा विभिन्न देशमा रहेका झापाको क्षेत्र नं. ५ का मतदाताहरु आउने क्रम बढेको छ ।
झापाको कमल ६ का रमेश ओझा पनि केहि दिन अघि दक्षिण कोरीयबाट आई पुग्नु भएको छ । यस अघिका निर्वाचनमा रोजगारीका लागि बाहिर रहनु परेकाले मतदान गर्न नपाएको अनुभव उहाँसग छ । तर यस पटक भने पहिलो पटक मतदान गर्न आतुर रहेको र देश बनाउनेलाई मतदान गर्न आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयोे, ‘मतदान त आफ्नो इच्छाको कुरा हो, मन लागेकालाई दिईन्छ । तर आफ्नो अमुल्य मत खेर नजाओस् भनेर देश जलाउनेलाई होईन बनाउनेलाई दिने विचारमा छु ।’

यस्तै कमल ७ का खड्ग सम्बाहम्फे पनि चुनावको मुखमा जापानबाट आई पुग्नु भएको छ । लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन निर्वाचनको महत्वपूर्ण भुमिका हुने भएकाले आफ्नो मताधिकारको प्रयोगका लागि आएको उहाँले बताउनुभयो । ‘विदेशको ठाउँ, सवैलाई भन्ने वित्तिकै विदा नमिल्न पनि सक्छ’ उहाँले भन्नुभयोे, ‘तर यस पटक देश बनाएको र बनाउने दल र नेताले जित्नै पर्ने भएकाले मतदानकै लागि आएको हुँ ।’ योग्य दल र उम्मेद्वारलाई निर्वाचित गराउन एक–एक मतको महत्व हुने भएकाले यस पटक देशका लागि आवश्यक उम्मेद्वार तथा दललाई मतदान गर्ने उहाँले जनाउनुभयो ।

उहाँहरु मात्रै होईन, अहिले धेरै नेपालीहरुका घर घरमा विदेशमा रहेका आफन्तहरु आउन थालेका छन् । केहि समय पछि आउने योजनामा रहेकाहरुले समेत चुनावमा मतदान हाल्न मिल्ने गरि समय मिलाउने प्रयासमा रहेको विदेशमा रहेका नेपालीहरुले बताएका छन् ।
झापा क्षेत्र नं. ५ मा नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उम्मेद्वार रहनु भएको छ । उहाँ २०४८ सालको निर्वाचन देखिनै यहिँबाट निर्वाचित हुँदै आउनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।