रूपन्देही,१६ फागुन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य विनोद पहाडी नेकपा एमाले प्रवेश गर्नु भएको छ् ।
उहाँलाई एमाले उपाध्यक्ष विष्णु पौडेल सचिव छविलाल बिश्ककर्मा, नेता लिला गिरीले पार्टीमा स्वागत गर्नु भएको छ। उहाँ राष्ट्रिय दलित पत्रकार महासंघका अध्यक्ष हुनुन्छ ।
एमाले प्रवेश गर्दै पहाडीले राष्ट्रिय स्वाभिमानमा एमालेको दृढणालाई आधार मानेर रोजेको बताउनु भयो । उहाँले एमालेमाथि भएको घेराबन्दी र आक्रमण लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण भएको बताउनु भयो । पहाडीले कुनै लोभमा र लहडमा नभएर विचारका आधारमा एमाले रोजेको जनाउनु भयो । उहाँसँगै नेकपा रूपन्देही सदस्य सरोज गौतम, नगर सदस्य जनक गौतम एमाले प्रवेश गर्नु भएको हो ।









