झापा–३ मा चुनावी सभाबाट लिङ्देनको अपिल :‘साझा उम्मेदवार’का रूपमा समर्थन माग

झापा,१७ फागुन । झापा क्षेत्र नम्बर ३ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राजेन्द्र लिङ्देनले आफू सबैको साझा उम्मेदवार रहेको दाबी गर्नु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका उहाँले १२दशी गाउँपालिका–राजगढ बजारमा भएको सभामा बोल्दै आफूलाई मत दिने मतदाताले कहिल्यै पछुतो गर्न नपर्ने बताउनु भएको छ्।

लिङ्देनले धर्मको रक्षा, सुशासन र भ्रष्टाचारमुक्त राज्य संरचना निर्माणका लागि आफ्नो उपस्थिति संघीय संसद्मा आवश्यक रहेको जिकिर गर्नु भएको छ। प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फ राप्रपालाई मतदान गरी विजयी गराउन उहाँले मतदातासँग आग्रह गर्नु भएको छ। “हामीलाई मत दिने नागरिकले विषमता भोग्नुपर्ने अवस्था आउँदैन,” उहाँले भन्नु भयो, “जनताले दिएको विश्वासको सम्मान गर्छौँ।”

पछिल्लो समय भ्रष्टाचारले सीमा नाघेको टिप्पणी गर्दै उहाँले विभिन्न आन्दोलनमा ‘घुसपैठ’ भएको आरोपसमेत लगाउनु भयो। कांग्रेस, कम्युनिस्ट तथा नयाँ शक्ति भनिएकाहरू जनअपेक्षा अनुसार काम गर्न नसकेको दाबी गर्दै उनले वर्तमान परिस्थितिमा राप्रपा वैकल्पिक शक्तिका रूपमा अघि बढिरहेको बताउनु भयो।

सभामा राप्रपाका नेता पुष्पराज पुरुषले हिन्दु राष्ट्रको मुद्दा उठाउँदै लिङ्देनको विजयका लागि आह्वान गर्नु भएको छ। हिन्दु धर्म र पहिचानको संरक्षणका लागि उनको नेतृत्व आवश्यक रहेको उहाँको भनाइ थियो।
झापा–३ मा लिङ्देनको उम्मेदवारीले सुशासन, भ्रष्टाचारविरोधी अभियान र हिन्दु राष्ट्रको एजेन्डालाई केन्द्रमा राख्दै चुनावी बहसलाई तीव्र बनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।