काठमाडौँ,१७ फागुन । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ आइतबार पक्राउ पर्नु भएको छ। उहाँलाई भक्तपुर स्थित निवासबाटै पक्राउ गरिएको हो ।
प्रसाईँलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा लगिएको छ । उहाँलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुले बताउनु भयो ।
यसअघि सर्वोच्च अदालतको आदेशमा उहाँ फागुन १३ मा रिहा हुनु भएको थियो । पछिल्लो समय चुनाव बिथोल्ने भूमिका खेल्ने आशङ्का प्रशासनले उहाँलाई पक्राउ गर्ने र अदालतको आदेशले छाड्ने गर्दै आएको हो।
उहाँबिरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिने डीएसपी जबेगुले बताउनु भयो ।









