इजरायल–दुबई–कतार प्रभावित

इरानद्धारा मध्यपूर्वमा छैटौँ मिसाइल आक्रमण

तेहरान,१७ फागुन । इरानले आइतबार बिहान मध्यपूर्वमा नयाँ चरणको हवाई आक्रमण सुरु गरेको छ । विभिन्न देशका राजधानी र प्रमुख सहरमा विस्फोटको आवाज सुनिएको सीएनएनका टोलीहरूले बताएका छन् । इरानको अर्धसरकारी समाचार एजेन्सी तास्मिन न्यूज एजेन्सीका अनुसार, इरानको इस्लामिक रिभोलुशनरी गार्ड कप्र्सले (आईआरजीसी)ले इजरायल र मध्य पूर्वक्षेत्रका अमेरिकी अड्डामा छैटौँ चरणको मिसाइल र ड्रोन आक्रमण सञ्चालन गरेको जनाइएको छ ।

 

इरानबाट प्रहार भएका मिसाइलहरू पहिचान गरेको र रक्षात्मक प्रणाली सञ्चालनमा रहेको इजरायली सेनाले बताएको छ । मध्य र दक्षिण इजरायलमा लगातार साइरन बजेका थिए । दुबईमा पनि बिहानभरि धेरै विस्फोटको आवाज सुनेको र आकाशमा धुवाँ देखेको बताइएको छ । दुबईको व्यावसायिक बन्दरगाह जेबेल अली पोर्टमा ड्रोन अवरोधका भग्नावशेषले आगो लागेको जनाइएको छ ।

 

कतारको दोहामा स्थानीय समय अनुसार बिहान ७ः३० बजे केही ठुलो विस्फोट सुनिएको थियो । कतारको गृह मन्त्रालयका अनुसार १६ जना घाइते भएका छन् र केही क्षेत्रहरूमा सामग्री क्षति सीमित भएको छ । बहराइनमा पनि मनामा स्थित क्राउन प्लाजा होटल नजिक धुवाँ उठेको भिडियोको सीएनएनले पुष्टि गरेको जनाइएको छ । बहराइनको गृह मन्त्रालयले साइरन बजाएको र बासिन्दालाई शान्त रहन र नजिकको सुरक्षित स्थानमा जान चेतावनी दिएको हो ।

 

इराकको एर्बिल विमानस्थलबाट कालो धुवाँ उठेको तस्बिरहरू बाहिरिएका थिए । इराकको फार्स न्यूज एजेन्सीका अनुसार आइतबार बिहान शहरमा भारी विस्फोट सुनिएको हो । यी घटनाले क्षेत्रीय तनाव अझ बढाएको र आगामी दिनमा सुरक्षा र राजनीतिक अवस्था जटिल बन्ने संकेत गरेको जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।