इरानका सर्वोच्च नेता, खामेनेई , जीवन, राजनीतिक संघर्ष र योगदान कस्तो ?

इरान,१७ फागुन ।इरानका सर्वोच्च नेता, आयातुल्लाह अली खामेनेईको जीवन, राजनीतिक संघर्ष र योगदान कस्तो ?यसबारे चर्चा गर्ने छौ। उनी १९ अप्रिल १९३९ मा इरानको धार्मिक सहर मश्हादमा जन्मिनुभएको थियो। मौलवी परिवारमा हुर्किएका खामेनेईले तत्कालीन राजा शाहको नीतिविरुद्ध आवाज उठाउँदै सानैदेखि इस्लामी शासनको पक्षमा वकालत गर्नुहुन्थ्यो।

प्रारम्भिक जीवन र क्रान्तिः
सन् १९६३ मा शाहविरुद्ध भाषण दिएको आरोपमा उहाँलाई पक्राउ पनि गरिएको थियो। त्यसबेलादेखि उहाँ सरकारविरोधी आन्दोलनको प्रमुख अनुहार बने। त्यसपछि उहाँ रूहोल्लाह खोमेनीका विश्वासपात्र सहयोगीका रूपमा चिनिनुभयो।

सन् १९७९ मा इरानमा इस्लामी क्रान्ति भयो। खोमेनीको नेतृत्वमा नयाँ सरकार गठन भयो र खामेनेईलाई क्रान्तिकारी परिषदमा स्थान दिएर उपरक्षामन्त्री नियुक्त गरियो।

सन् १९८१ मा तेहरानको मस्जिदमा भाषणका क्रममा उहाँमाथि बम आक्रमण भयो। सोही वर्ष अर्को विस्फोटमा तत्कालीन राष्ट्रपतिको मृत्यु भयो। त्यसपछि भएको चुनावमा खामेनेई भारी बहुमतसहित इरानका तेस्रो राष्ट्रपति निर्वाचित भए।

सर्वोच्च नेताको नेतृत्वः

सन् १९८९ मा खोमेनीको निधनपछि उहाँलाई देशको सर्वोच्च नेता (‘रहबर’) नियुक्त गरियो। समर्थकहरूले उहाँलाई इस्लामी व्यवस्थाका बलियो रक्षक मान्छन् भने आलोचकहरूले कडा र कट्टर शासन चलाएको आरोप लगाउँछन्।

खामेनेईले इरानको सैन्य र अर्धसैनिक संरचनालाई सुदृढ बनाए। इस्लामिक रिभोल्युस्नरी गार्ड कप्र्स (आईआरजीसी) शक्तिशाली सुरक्षा, राजनीतिक र आर्थिक संस्था बनेको थियो।
उहाँले ‘प्रतिरोध अर्थतन्त्र’ अवधारणा अघि बढाउँदै पश्चिमी प्रतिबन्धबीच आत्मनिर्भरता बढाउन खोज्नुभयो। सन् १९८० को दशकमा राष्ट्रपतिका रूपमा इरान–इराक युद्धमा देशको नेतृत्व गर्नु उहाँको रणनीतिक क्षमता देखाउने उदाहरण हो।

प्रतिरोध र क्षेत्रीय रणनीतिः

खामेनेईको रणनीतिमा क्षेत्रबाहिर ‘अगाडि प्रतिरक्षा’ महत्वपूर्ण थियो।उहाँले लेबनानको हिज्बुल्लाह, प्यालेस्टाइनको हमास, यमनका हुथी, इराक र सिरियाका समूहसँग सम्बन्ध बलियो बनाए। यस रणनीतिका प्रमुख वास्तुकार क्वासिम सुलेमानी थिए, जसको सन् २०२० मा अमेरिकी आक्रमणमा मृत्यु भएको थियो।

पश्चिमी प्रतिबन्ध, मुद्रास्फीति र आर्थिक संकटका कारण इरानमा विरोध प्रदर्शन भइरहन्थ्यो। अन्तर्राष्ट्रिय वार्तामा युरेनियम समृद्धि, मिसाइल र क्षेत्रीय समूहको मुद्दा प्रमुख थिए।

फेब्रुअरी २८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा ‘ठूलो सैन्य अभियान’ सुरु भएको घोषणा गरे। यसै क्रममा, शनिबार अमेरिकी–इजरायल हवाई आक्रमणमा खामेनेई र उनका परिवारका सदस्य, जसमा छोरी, ज्वाइँ र नाति पनि समावेश थिए, ज्यान गुमाउनुभयो।इरानी सरकारी सञ्चारमाध्यमले आइतबार बिहान उनको मृत्यु पुष्टि गरेको छ।

खामेनेई ८६ वर्षका हुनुहुन्थ्यो। उहाँ समर्थकहरूको दृष्टिमा राष्ट्रिय स्वतन्त्रता र इस्लामी व्यवस्थाका दृढ रक्षक थिए। आलोचकहरूको दृष्टिमा कट्टर र कडा शासनका प्रतीक।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।