तेहरान आक्रमणपछि कराँचीमा हिंसात्मक प्रदर्शन

कराँची,१७ फागुन । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी र शीर्ष सैन्य कमाण्डरहरूको हत्या भएपछि मध्यपूर्व र दक्षिण एसियामा तनाव चरम सीमामा पुगेको जनाइएको छ। अमेरिका र इजरायलले इरानको राजधानी तेहरानमा गरेको संयुक्त सैन्य कारबाहीमा खामेनीसहित २ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको जनाइएको छ।

 

यस घटनाको विरोधमा पाकिस्तानको कराँचीस्थित अमेरिकी वाणिज्य दूतावास बाहिर उग्र प्रदर्शन भएको हो। प्रदर्शनकारीहरूले वाणिज्य दूतावासका झ्यालहरू फुटाउनुका साथै ढुङ्गामुढा गरेपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र लाठीचार्ज गरेको हो।

 

प्रहरी अधिकारी मोहम्मद जावादका अनुसार झडपका क्रममा सुरक्षा फौजले गोली चलाउँदा एक प्रदर्शनकारीको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्। प्रदर्शनकारीहरूले अमेरिका र इजरायलले यस क्षेत्रलाई अस्थिर बनाउन खोजेको आरोप लगाएका हुन्।

 

तेहरानमा भएको आक्रमणमा खामेनीका साथै शीर्ष राजनीतिक सल्लाहकार अली सामखानी र सैन्य कमाण्डर मोहम्मद पाकपोर समेत मारिएका हुन् । यसको जवाफमा इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूलाई निशाना बनाउने घोषणा गरेको छ। इरानले आफ्ना शीर्ष नेताहरूको हत्याको बदला शसक्त र निर्णायक रूपमा लिने चेतावनी दिएको हो।

 

विश्वको २० प्रतिशत ऊर्जा आपूर्ति हुने रणनीतिक रूपमा महत्त्वपूर्ण स्ट्रेट अफ हर्मुजलाई इरानी रिभोलुसनरी गाड्र्सले पूर्ण रूपमा बन्द गरिदिएको छ। इरानले अब सो साँघुरो क्षेत्रबाट कुनै पनि जहाजलाई आवतजावत गर्न नदिने सन्देश प्रवाह गरेपछि विश्वव्यापी इन्धन आपूर्तिमा संकट आउने देखिएको हो। खाडी मुलुकहरूले इरानको यो कदमको निन्दा गरेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।