अमेरिका–इजरायल आक्रमणपछि इरानबारे आइएइएको आपतकालीन बैठक

काठमाडौँ,१७ फागुन । अमेरिका र इजरायलको आक्रमणपछि इरानको आणविक कार्यक्रमसँग सम्बन्धित घटनाक्रमको समीक्षा गर्न संयुक्त राष्ट्रसङ्घको आणविक एजेन्सी (आइएइए) ले सोमबार इरान विषयमा असाधारण बैठक बोलाउने निर्णय गरेको हो ।

 

भियनामा आधारित आइएइएले शनिबार विज्ञप्ति जारी गर्दै बैठक रुसको अनुरोधमा आयोजना गरिएको जनाएको छ । यसअघि इरानले आइएइए प्रमुख राफेल ग्रोसीलाई पत्र लेखेर आक्रमणपछि घटनाको तत्काल समीक्षा गर्न अनुरोध गरेको हो।

 

एजेन्सीले आफ्नो विज्ञप्तिमा भन्यो, “इस्लामिक गणतन्त्र इरानको भूभागमा अमेरिका र इजरायलले गरेको सैन्य आक्रमणसँग सम्बन्धित मामिलाहरूमा आइएइए बोर्ड अफ गभर्नरहरूको विशेष सत्र आयोजना हुनेछ ।” उक्त सत्र ३५ देशको प्रतिनिधित्व गर्ने बोर्डको पहिले नै तय गरिएको सत्रअघि हुनेछ ।

 

आइएइएले आक्रमणपछिका घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको बताउँदै चेतावनी दिएको छ, “यस क्षेत्रका मानिसहरूलाई कुनै पनि आणविक सुरक्षा जोखिमबाट बचाउन संयम अपनाउन आवश्यक छ ।”गोप्य रिपोर्टअनुसार आइएइएले इरानमा रहेका सबै आणविक सामग्रीको प्रमाणीकरण गर्ने कामलाई अत्यन्त जरुरी भएको उल्लेख गरेको छ ।

पश्चिमी देशहरू, विशेषगरी अमेरिका र इजरायलले इरान माथि नागरिक उद्देश्य भन्दा पर गएर आणविक हतियार प्राप्त गर्न खोजिरहेको आरोप लगाएको छ । तर तेहरानले आफ्ना सैन्य महत्त्वाकांक्षाहरू अस्वीकार गर्दै आणविक प्रविधि केवल नागरिक उद्देश्यका लागि प्रयोग गर्ने अधिकारमा जोड दिएको हो ।

यस असाधारण बैठकले क्षेत्रीय तनाव बढिरहेको समयमा आणविक सुरक्षा र अन्तर्राष्ट्रिय निगरानी सुनिश्चित गर्ने नयाँ कदमको सङ्केत गर्दछ र वैश्विक समुदायले इरानको आणविक कार्यक्रममा पारदर्शिता सुनिश्चित गर्न दबाब बढाउने अपेक्षा गरिएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बलान खोलाबाट २३१ किलो गाँजा बरामद

सिरहा ,२६ कार्तीक। सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित बलान खोलाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। खोलाको बीचमा खाल्डो खनेर लुकाइएको अवस्थामा २३१ किलो

मृतक सबै ११ जनाको पहिचान खुल्यो

सर्लाही,२६ कार्तीक । सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलमा भएको दुर्घट्नामा मृत्यु भएका ११ जनाको पहिचान खुलेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधवकुमार काफ्लेका अनुसार मृत्यु

सर्लाहीका एक युवकको मृत्यु, दाइ गम्भीर घाइते

सर्लाही,२६ कार्तीक । सर्लाहीको सडाहीस्थित सुन्दरपुरका निरस रायका २५ वर्षीय छोरा रामदुलार रायको मकवानपुरको भिमफेदीमा भएको विद्युतीय गाडी (ईभी) दुर्घटनामा परी मृत्यु भएको छ।छठ पर्व

छठ मनाउन घर फर्कँदै गरेका यात्रु चढेको ईभी गाडी चिसापानीमा दुर्घटना

सर्लाही,२६ कार्तीक । काठमाडौंबाट सर्लाही आउँदै गरेको विद्युतीय (ईभी) गाडी आज बिहान मकवानपुर जिल्लाको चिसापानीमा दुर्घटना हुँदा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका यात्रुहरुको दुःखद निधन भएको

जनकपुरमा सर्वसाधारणको घरमा बसेर रवि दम्पतीले छठ मनाउने

जनकपुर,२६ कार्तीक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उहाँकी धर्मपत्नी निकिता पौडेलले छठ पर्व जनकुरधाममा मनाउने हुनु भएको छ । उहाँहरुले छठ पर्वको

सन्दीप लामिछानेको ह्याट्रिकसहित ६ विकेट

काठमाडौँ ,२६ कार्तीक। नेपाल प्रिमियर लिग (एनपीएल) मा बिराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिनु भएको छ ।पोखरा एभेन्जर्सविरुद्ध सानदार बलिङ गर्नु भएको

विराटनगरविरुद्ध युवराज सामराको अर्धशतक

काठमाडौं,२६ कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को सत्रौं अर्धशतक पोखरा एभेन्जर्सका युवराज सामराको नाममा दर्ज भएको छ।युवराजले विराटनगर किङ्सका विरूद्ध