मोरङ ६ मा चुनावी समीकरण फेरियो , बुढाथोकीद्धारा ढकाललाई साथ दिने घोषणा

विराटनगर,१७ फागुन । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्नुभएका बसन्त बुढाथोकीले नेकपा एमालेलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुभएको छ। उहाँले आज मोरङको बुढीगंगा गाउँपालिकामा आयोजित कार्यक्रममा पत्रकार सम्मेलन गरी उम्मेदवारी फिर्ता गर्नुभएको हो।

 

पार्टीभित्र र बाहिर जनताको आवाज सशक्त उठाउन सक्ने उम्मेदवारका रूपमा मोरङ क्षेत्र नम्बर ६ मा विनोद ढकाललाई मात्रै देखेको बताउँदै बुढाथोकीले उम्मेदवारी फिर्ता लिएर ढकाललाई समर्थन गरेको बताउनुभयो। मोरङ क्षेत्र नम्बर ६ बाट पटकपटक निर्वाचित जनप्रतिनिधिले जनताका आवाज सदनमा नउठाएको र विकास निर्माणको काम समेत नगरेको उल्लेख गर्दै उहाँले अहिले सदन मा आवाज उठाउन सक्ने सशक्त व्यक्ति ढकाल्ने भएकाले पार्टीभन्दा माथि उठेर उहाँलाई जिताउनुपर्ने बताउनु भएको छ।

 

मोरङ ६ले बलियो आवाज प्रभावकारी प्रतिनिधित्व र स्थिर नेतृत्व खोजिरहेको उल्लेख गर्दै उहाँले मोरङ छ को समग्र हित र स्थिरता र प्रभावकारी प्रतिनिधित्वको लागि ढकाललाई समर्थन गरेको घोषणा गर्नुभएको छ। सबै एक भएर मोरङ ६ को समृद्धि लाई अगाडि बढाउने विनोद ढकाल मात्रै उपयुक्त पात्र भएको उहाँले बताउनुभएको छ।

आफ्नो उम्मेदवारी पार्टीभन्दा माथि उठेर देश र क्षेत्रको विकासका लागि भएको बुढाथोकीले चर्चा गर्नुभएको छ। उहाँको प्रवेशसँगै र समर्थनसँगै नयाँ युवाहरूको भावना र उर्जालाई अगाडि बढाउन विनोद ढकाललाई थप सहयोग पुग्ने र यसले विजयको यात्रालाई सुनिश्चित गरेको नेकपा एमाले विराटनगर महानगरपालिका अध्यक्ष नवीन गिरीले जानकारी दिनुभयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।