देशलाई मियो बिनाको दाइ हुन बाट रोक्न नेकपा एमालेको जित अवश्यक: उपमहासचिव भट्टराई

दमक,१८ फागुन, २०८२। नेकापा एमालेका उपमहासचिव योगेस भट्टराईले देशलाई मियो बिनाको दाइ हुन बाट रोक्न नेकपा एमालेको जित अवश्यक रहेको बताउनु भएको छ ।

झापा ५ को दमकमा आज प्रेश चौतारीले गरेको पत्रकार भेटघाटमा उहाँले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा विकशित चुनौतीहरुको सामना गर्न सक्ने राजनीतिक शक्तीले आगामी निर्वाचन जित्न जरुरी रहेको उहाँले जनाउनु भयो । चुनावको मैदानमा देखिएका कतिपय उम्मेदवारका कारण देशमा झनै अस्थिरता निम्त्याउन खोजिएको देखिएको भन्दै उहाँले त्यस्ता पात्रहरुका कारण देश मियो बिनाको देश हुने जोखिम रहेकाले त्यो अवस्था आउन नदिन एमाले र अध्यक्ष केपी शर्मा ओलीको जीत जरुरी रहेको जनाउनु भयो ।

देशलाई जुवाको अखडा बनाउन खोज्ने केही उम्मेदवार र दल पनि चुनावमा देखियो भन्दै भट्टराईले उनिहरुमा जिते छाती पिट्ने र हारे निराश हुने बाहेक कुनै उदेश्य नरहेको उहाँ को दावी छ ।जेनजी आन्दोलनको क्षतीको दोश जबर्जस्ति एमाले तर्फ थुपार्न खोजीएको भन्दै उहाँले सो आन्दोलनमा देश ध्वस्त बनाउने कार्यामा सन्लग्नहरु चुनावमा कुन नैतिकताले उम्मेदवार बनेका छन् भनेर प्रश्न पनि गर्नु भयो ।

कार्यक्रममा पार्टी केन्द्रिय सदस्य तथा निर्वाचन परिचालन समितीका संयोजक देवेन्द्र दाहालले अघिल्लो निर्वाचनको जस्तै फराकिलो अन्तरले झापा ५ बाट एमाले अध्यक्षको जित हुने बताउनु भयो ।एमाले अध्यक्ष ओलीलाई झापा ५ ले निरन्तर उम्मेदवार पाउनु यस क्षेत्रका मतदाताको लागि अवसर समेत रहेको उहाँले बताउनु भयो ।क्षेत्रका चुनाव प्रचार उपसमिती संयोजक तथा पार्टी केन्द्रिय सदस्य इन्द्र भण्डारीले यहाँ ससक्त रुपमा भएको जनपरिचालन र मतदाताको सक्रियताले एमालेको जीत सुनिस्चित गरेको बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।