जुत्ता चप्पल उद्योगमा केपी ओली

आन्तरिक उत्पादनलाई प्रोत्साहन बढाउने प्रतिबद्धता

दमक । १८ फागुन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गर्नुभएको छ।दमक ४ मा रहेको एक्सन फुट वेरमा काम गर्ने २५० भन्दा बढी मजदुरहरूलाई उहाँले प्रत्यक्ष भेट गर्नुभएको हो।

सो अबसरमा उहाँले यहाँको उत्पादनको प्रकार, स्थिती र बजारको संभावनाका बारेमा अध्यक्ष ओलीले जानकारी लिनुभएको थियो । संचालक चुडामणि कार्कीले यहाँ उत्पादन भएका जुत्ता चप्पल नेपाल भर बितरण गर्ने गरेको र माग अनुसार अझै उत्पादन बढाउन नसकिएको अध्यक्ष ओलीलाई जानकारी गराउनु भएको थियो ।

आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्दै बजार बढाउने र रोजगारी सृजना गर्ने काममा आफू तागी पर्ने सो अबसरमा अध्यक्ष ओलीले बताउनु भयो ।आसन्न निर्वाचनका लागी प्रचारको अन्तिम दिन उहाले आज स्थानीय उद्योग र त्यहा काम गर्ने मजदुरसग भेट गर्नु भएको हो ।
झापा ५ बाट प्रत्यक्ष तर्फको उम्मेदवार समेत रहनुभएका ओली अहिले चुनावी अभियान अन्तरगत घरदैलोमा व्यस्त रहनुभएको छ । आजै उहाँ झापा ५ का विभिन्न स्थानमा जाने र मतदाता भेट्ने काममा सहभागी हुनुहुने उहाँको सचिवालयले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।