बहराइन र इराकमा आक्रमण जारी

इरान–अमेरिका–इजरायल द्वन्द्वः मध्यपूर्व तनाव चरममा

तेहरान,१८ फागुन । संयुक्त अमेरिका र इजरायलको संयुक्त आक्रमणमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि इरानले मध्यपूर्वका विभिन्न मुलुकमा रहेका अमेरिकी सैन्य अखडा र रणनीतिक केन्द्रहरूमा भीषण प्रतिशोधात्मक आक्रमण जारी राखेको जनाइएको छ।

 

इरानी आक्रमणका कारण बहराइनको मनामा स्थित मिना सलमान बन्दरगाह नजिकैको समुद्री केन्द्रमा ठूलो आगलागी भएको छ। बहराइनको गृह मन्त्रालयले यसलाई इरानी आक्रामकताको संज्ञा दिँदै नागरिक रक्षा टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको पुष्टि गरेको हो। सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यहरूमा उक्त क्षेत्रबाट बाक्लो धुवाँको मुस्लो निस्किएको देखिन्छ।

 

यसैबिच, इराकको राजधानी बग्दादस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको अमेरिकी सैन्य आधार शिविर ’भिक्टोरिया बेस’ मा दुईवटा ड्रोनमार्फत आक्रमण गरिएको हो। सुरक्षा स्रोतका अनुसार एउटा ड्रोन आधार शिविरभित्रै खसेको थियो भने अर्कोलाई खसालिएको थियो।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आक्रमणमा मारिएका तीन अमेरिकी सैनिकको मृत्युको बदला लिने प्रतिज्ञा गर्दै आगामी दिनमा थप मानवीय क्षति हुन सक्ने चेतावनी दिएका हुन्। उनले इरानी जनतालाई इस्लामिक गणतन्त्रको शासन सत्ता ढाल्न र विद्रोह गर्न समेत आह्वान गरेका छन्।

 

द्वन्द्वको बाछिटा छिमेकी मुलुकहरूमा पनि तीव्र रूपमा फैलिएको छ। इजरायलको बेइत शेमेश सहरमा इरानी मिसाइल खस्दा ९ जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता रहेका छन्।

सिरियाको दमासकस नजिकै ऐन तेर्मामा इरानी मिसाइलको भग्नावशेष खस्दा एकै परिवारका बाबु र तीन छोरी घाइते भएका छन्। इरानले कतार, बहराइन, जोर्डन, ओमान, कुवेत, साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका विमानस्थल, आवासीय भवन र होटलहरूलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको जनाइएको छ।
खाडी मुलुकहरूले इरानी आक्रमणको प्रतिकार गर्ने र आफ्नो रक्षा गर्ने प्रतिबद्धता बताएका छन्। यसैबीच, बेलायती प्रधानमन्त्री कीर स्टार्मरले इरान विरुद्धको रक्षात्मक आक्रमणका लागि अमेरिकालाई आफ्ना सैन्य आधार शिविरहरू प्रयोग गर्न अनुमति दिएका हुन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।