बिर्तामोड बसपार्कको समस्या नेकपाले मात्र समाधान गर्छः चापागाँई

विर्तामोड,१८ फागुन । नेपाली कम्युनिष्ट पार्टी क्षेत्र नम्बर २ की उम्मेदवार धर्मशिला चापागाईंले क्षेत्र नम्बर २ क अन्तरगतमा रहेको बसपार्कको समस्या हल गर्न आफू तयार रहेको बताउनु भएको छ । बिर्तामोड बसपार्कमा राजनीतिक दलहरू मध्ये पहिलो पटक नेकपाकी उम्मेदवार चापागाईंले मोटरसाइकल र्यालीलाई सम्बोधन गर्दै बसपार्कको समस्या समग्र राष्ट्रिय समस्या भएको बताउनु भएको हो । आफू विजयी भएमा बसपार्कको समस्या समाधान गर्न अग्रपक्तिमा उभिने प्रतिबद्धता उहाँले व्यक्त गर्नु भएको छ । क्षेत्र नम्बर २ का जनतासँगको प्रत्यक्ष भेटघाटपछि आफू उत्साहित भएको उहाँले बताउनु भयो ।

निर्वाचन परिचालन समितिका संयोजक हरिकुमार रानाको अगुवाइमा भएको उक्त कार्यक्रममा प्रेस संयोजक बासु दुलाल, केन्द्रीय सदस्यहरु भास्कर काफले, रुपधोन साउदेन, डा. बीपी मिश्र, धनबहादुर पन्धाक, दीपक मिश्र, मजदुर नेता भूपाल सापकोटा र महिला नेत्री जोया सुब्बा, शमाना लिम्बु, सन्ध्या मास्के, पवन तिम्सिना लगायतका नेताहरू कार्यक्रममा सहभागी हुनुन्थ्यो। उक्त मोटरसाईकल र्याली शान्तिपूर्ण रूपमा क्षेत्र नम्बर २ को ‘क’ अन्तर्गतका कनकाई ८ र ९ हुँदै बिर्तामोड नगरपालिको विभिन्न वडाहरूमा परिक्रमा गरिएको थियो।

 

पवन किराती

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।