शंकर पोखरेललाई जिताउन उम्मेदवारी फिर्ता

दाङ,१८ फागुन। दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका एक उम्मेदवार पदम प्रसाद पाण्डेले आफ्नो उम्मेदवारी निष्कृय पार्नु भएको छ। आज प्रेस विज्ञप्ति जारी गर्दै पाण्डेले नेकपा (एमाले) का उम्मेदवार शंकर पोखरेललाई समर्थन गर्दै उम्मेदवारी निष्कृय पारेको घोषणा गर्नु भएको हो् ।जारी गरिएको प्रेस विज्ञप्तिमा वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रहित, दाङको दीर्घकालीन विकास र समृद्धिलाई प्राथमिकतामा राखेर उक्त निर्णय गरिएको उल्लेख छ । विज्ञप्तिमा दाङको विकासका लागि स्पष्ट दृष्टिकोण, अनुभव र राष्ट्रिय स्तरमा प्रभाव पार्नसक्ने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै पोखरेललाई त्यस्तो नेतृत्व क्षमता भएको व्यक्तित्वका रूपमा प्रस्तुत गरिएको छ ।

विज्ञप्तिअनुसार पोखरेलको विजयले दाङका अधुरा पूर्वाधार योजना, औद्योगिक विस्तार, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य क्षेत्रको स्तरोन्नति र समृद्धिका दीर्घकालीन एजेण्डालाई गति दिने विश्वास व्यक्त गरिएको छ । साथै, आफूले अघि सारेका विकासका प्राथमिकताहरू पनि पोखरेलको नेतृत्वमा मूर्तरूप लिनेमा विश्वस्त रहेको जनाइएको छ ।समर्थन घोषणा गर्दै सम्बन्धित उम्मेदवारले आफ्ना इष्टमित्र, शुभेच्छुक तथा समर्थकहरूलाई आगामी निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी पोखरेललाई अत्यधिक मतले विजयी गराउन अपिल गर्नु भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।