दमक,१८ फागुन, २०८२। झापा क्षेत्र ५ मा पर्ने गौरीगञ्ज ३ ठेकटोलाका ३५ परिवार १२० जना नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नु भएको हो । यो देशमा एमाले बाहेक अरु कुनै पनि राष्ट्रवादी शक्ति नरहेको ठहर गरि एमालेमा प्रवेश गरेको उनीहरुले जनाएका छन् । चुनावी प्रचारको अन्तिम दिन एमाले अध्यक्ष ओली आफ्नो निर्वाचन क्षेत्रका विभिन्न बस्तिमा पुगेर मतदाताहरुसँग भेट गर्नु भएको छ । यस अघि समेत विभिन्न टोलबाट रास्वपा लगायत विभिन्न दल परित्याग गरि झापा ५ मा १ हजार भन्दा बढि एमालेमा प्रवेश गरि सकेका छन् ।

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा
काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको








