आज साँझ खण्डग्रास चन्द्रग्रहण देखिने

नाङ्गो आँखाले सुरक्षित अवलोकन गर्न सकिने

काठमाडौँ,१९ फागुन । आज (मंगलबार)साँझ नेपालका विभिन्न भागबाट खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ । खगोलविद्हरूका अनुसार आज साँझ चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा उदाउने भएको छ ।

 

वाल्मीकि क्याम्पसका वरिष्ठ खगोलविद् प्राडा. जयन्त आचार्यले यो ग्रहण विशेष र दुर्लभ किसिमको रहेको जानकारी दिनु भएको छ । काठमाडौँमा साँझ ६ बजेर ४ मिनेटमा चन्द्रमा उदाउनेछ र उदाउँदा नै यसमा ग्रहण लागिसकेको हुने जनाइएकोे छ । चन्द्रमा क्षितिजबाट माथि आउँदै गर्दा यसको आधाभन्दा धेरै भाग पृथ्वीको कालो छायाँले ढाकिएको अवस्थामा देखिने आचार्यले जानकारी दिनु भएको छ ।

 

यो चन्द्रग्रहण अवलोकनका लागि कुनै विशेष उपकरण वा चस्माको आवश्यकता नपर्ने खगोलविद्हरूले बताएका छन् । सूर्यग्रहणले जस्तो चन्द्रग्रहणले आँखालाई कुनै असर नगर्ने हुनाले खुला ठाउँबाट नाङ्गो आँखाले सुरक्षित रूपमा ग्रहण हेर्न सकिने जनाइएको छ । वैज्ञानिकहरूका अनुसार चन्द्रग्रहण पूर्णतया हानिरहित हुने गर्दछ ।यसअघि गत भदौ २२ गते राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लागेको थियो, जुन काठमाडौँबाट साढे तीन घण्टासम्म देखिएको थियो । खगोलविद्हरूका अनुसार अब नेपालबाट सूर्यग्रहण भने वि.सं. २०८४ सालमा मात्र देख्न पाइनेछ ।

 

खगोलीय नियमअनुसार सूर्य, पृथ्वी र चन्द्रमा एउटै सरल रेखामा पर्दा ग्रहण लाग्ने गर्दछ । सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा पृथ्वीको छायाँ चन्द्रमामा पर्न जान्छ र चन्द्रग्रहण लाग्छ । यस्तै, चन्द्रमाको छायाँ पृथ्वीमा पर्दा सूर्यग्रहण लाग्ने गर्दछ ।चन्द्रग्रहण लाग्दा पृथ्वीको रात परेको क्षेत्रका सबै बासिन्दाले एकैपटक ग्रहण देख्न सक्छन् भने सूर्यग्रहण पृथ्वीको निश्चित भागबाट मात्र देख्न सकिने जनाइएको । सामान्यतया सूर्यग्रहण औँसीमा र चन्द्रग्रहण पूर्णिमाका दिन लाग्ने गर्दछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।