हेभिवेट प्रतिस्पर्धी मैदानमा

झापा ‘हाई अलर्ट’मा : ९ हजार सुरक्षाकर्मी

दमक,१९ फागुन । आगामी बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलेक्सन इपिसेन्टर मानिएको झापामा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको जनाइएको छ । देशकै ध्यान खिचिएका हेभिवेट उम्मेदवारहरू चुनावी मैदानमा रहेकाले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले ९ हजार सुरक्षाकर्मी परिचालन गरेको छ।

निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरीसहितको एकीकृत टोली खटाइएको जनाइएको छ । झापा र इलामको सुरक्षा समन्वयका लागि प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीको नेतृत्वमा ठुलो संख्यामा जनशक्ति परिचालन गरिएको छ ।

झापाका कुल २८५ मतदानस्थल मध्ये ९५ वटालाई अतिसंवेदनशील १४७ लाई संवेदनशील र ४३ वटालाई सामान्य सूचीमा राखेर सुरक्षा योजना बनाइएको छ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार सुरक्षाका लागि तीन घेराको व्यवस्था गरिएको हो । जसमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहनेछन् ।

‘हामीले संयुक्त गस्ती र पेट्रोलिङ तीव्र पारेका छौँ,’प्रजिअ गेलालले भन्नु भयो, ‘नागरिकहरू ढुक्क भएर मतदान गर्न आउन सक्नुहुनेछ, सुरक्षाको पूर्ण ग्यारेन्टी छ ।’ जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र खड्काले अन्य समयको तुलनामा निर्वाचनमा दोब्बर प्रहरी परिचालन गरिएको जानकारी दिनु भयो।

झापा यसपटक मुख्य राजनीतिक शक्तिहरूको शक्ति प्रदर्शनको केन्द्र बनेको छ । झापा क्षेत्र नं. ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । दुवै दलले आफ्ना उम्मेदवारलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेका छन् ।

त्यस्तै, क्षेत्र नं.२ मा निवर्तमान सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना चुनावी मैदानमा हुनुन्छ्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि झापाबाटै उम्मेदवार रहेकाले यहाँको चुनावी माहोल निकै तातिएको हो ।

बिहीबारको मतदानका लागि झापाका सबै २८५ मतदानस्थल र ८१५ मतदान केन्द्रहरूमा सोमबार साँझ नै कर्मचारी र आवश्यक निर्वाचन सामग्री पुगिसकेको जनाइएको छ। जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसीकुमार नेपालका अनुसार मंगलबारदेखि कर्मचारीहरू मतदान केन्द्रको तयारीमा जुटेका छन् ।

झापामा कुल ७ लाख १३ हजार ५३७ मतदाता रहेका छन् । यसपटक ५० हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचनका लागि ४ हजार ९४५ स्थायी कर्मचारी र २ हजार ४४५ स्वयंसेवक खटाइएको जनाइएको छ ।

विगतका निर्वाचनमा ६५ देखि ७० प्रतिशत मात्र मत खसेको झापामा यसपटक ९० प्रतिशत मत खसाल्ने लक्ष्यका साथ मतदाता शिक्षा प्रभावकारी बनाइएको निर्वाचन कार्यालयले बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।