काठमाडौं,२० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सर्लाही–३ का उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको पाइएको जनाइएको छ ।
कालोसूचीमा परेको भन्दै धनुषा क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको अवस्थामा कलवार पनि सोही सूचीमा रहेको पाइएको जनाइएको छ।
कर्जा सूचना केन्द्रको विवरण अनुसार कलवारलाई पछिल्लोपटक २०८१ मंसिर ५ गते केन्द्रले कालोसूचीमा राखेको थियो । जुन अहिलेसम्म कायमै रहेको देखिएको छ। निर्माण व्यवसायमा सम्बद्ध उनीमाथि ठेक्का लिएका विभिन्न आयोजना अलपत्र पारेको आरोप समेत लाग्ने गरेको जनाइएको छ ।
यसअघिको निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार रहेका उहाँ एमालेका हरिप्रसाद उप्रेतीुसँग झिनो मतान्तरमा पराजित हुनुभएको थियो । अहिले उहाँ रास्वपाबाट उम्मेदवारी दिनु भएको छ।










