कोशीमा मतदान तयारी पूरा

२५ हजारभन्दा बढी कर्मचारी परिचालन

संयुक्त सुरक्षा गस्ती बढाइएसँगै मतदातालाई भयरहित मतदानको वातावरण तयार

विराटनगर,२० फागुन । कोशी प्रदेशमा प्रतिनिधिसभा निर्वाचनको बिहीबार हुने मतदान सम्पन्न गर्नका लागि साढे २५ हजार जनाभन्दा बढी कर्मचारी परिचालन गरिएको जनाइएको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक र सहयोगी गरेर २५ हजार ७ सय ६४ जना कर्मचारी परिचालन गरिएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले बताएको छ । कार्यालयका अनुसार कोशी प्रदेशमा १ हजार ९ सय ७ मतदानस्थल र ४ हजार २ सय ७० मतदान केन्द्र रहेका छन् ।

अस्थायी मतदानका लागि २४ वटा केन्द्र तोकिएको छ । अस्थायी मतदान केन्द्र स्थापना गरेर कारागार, वृद्धाश्रम तथा विशेष सुरक्षा व्यवस्थाभित्र रहेका विशेष परिस्थितिका मतदातालाई मतदानको अवसर सुनिश्चित गरिएको छ।

स्थायी र अस्थायी गरेर मतदान केन्द्र ४ हजार २ सय ९४ रहेका छन् । प्रत्येकमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहयोगी कर्मचारी गरेर १–१ जना तथा सहायक कर्मचारी ३ जना परिचालन गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख चोलाराज दंगालले बताउनु भयो ।

उहाँका अनुसार केन्द्रमा अधिकृत र सहायक अधिकृत ८ हजार ५ सय ८८ जना खटाइएको छ । सहायक कर्मचारी १२ हजार ८ सय ८२ र सहयोगी कर्मचारी ४ हजार २ सय ९४ जना खटिएका छन् ।

निर्वाचनसँग सम्बन्धित काम कारबाहीका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत १४–१४ तथा सहायक निर्वाचन अधिकृत २८ जना यसअघि नै नियुक्त गरिएको छ। सबै मतदानस्थल र केन्द्रमा आवश्यक सुरक्षाकर्मी पनि परिचालन भइसकेका छन् ।

१४ जिल्ला रहेको कोशी प्रदेशमा २८ वटा निर्वाचन क्षेत्रमा रहेका छन् । ४ सय ९५ उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

प्रदेशमा निर्वाचनको सबै तयारी पूरा भएको दंगालले बताउनु भयो । मतदान केन्द्र निर्माण र आवश्यक व्यवस्थापनको कार्य पूरा भइसकेकाले बिहीबार बिहानैबाट मतदान प्रक्रिया सुरु हुने उहाँको भनाइ छ ।

निर्वाचनको लागि आवश्यक मतपेटिका, मतपत्र, कर्मचारी तथा सुरक्षाकर्मी परिचालन र मतदान केन्द्रमा आवश्यक सामग्री ढुवानीको काम मंगलबार नै सकिएको थियो । सबै मतदाताले सुरक्षित र व्यवस्थित वातावरणमा मतदान गर्न पाउने वातावरण बनेको दंगालले बताउनु भयो ।

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउने उद्देश्यले सुरक्षा निकायले विशेष रणनीति अपनाउँदै सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाएको छ । कोशीका मतदानस्थलमध्ये सुरक्षाको दृष्टिकोणले ४ सय ३९ ‘अतिसंवेदनशील’, ८ सय २१ ‘संवेदनशील’ र ६ सय ४७ वटालाई ‘सामान्य’ भनेर वर्गीकरण गरिएको जनाइएको छ ।

सुरक्षा सुदृढ गर्न नेपाली सेनाले पनि सक्रिय भूमिका खेलिरहेको जनाइएको छ । सबै जिल्लाका १ सय २० स्थानमा सेनाको बम डिस्पोजल टोली तैनाथ गरिएको छ । सेनाले सम्भावित विस्फोटक पदार्थ, शंकास्पद वस्तु तथा गतिविधि नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको छ ।

मतदानको सुरक्षा व्यवस्था मिलाउन र भयरहित हिसाबले मतदान गर्ने वातावरण बनाउन संयुक्त सुरक्षा गस्ती, चेकजाँच र निगरानीलाई बढाइएको प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले बताउनु भयो । कोशीमा ३५ लाख ७४ हजार ३ सय १० मतदातामध्ये १७ लाख ४६ हजार ७३ महिला, १८ लाख २८ हजार २ सय १३ पुरुष र २४ जना अन्य रहेका छन् ।

सबै निर्वाचन क्षेत्रमा मतगणना स्थल तयार भइसकेका छन् । तारजाली लगाएर व्यवस्थित र सुरक्षित हिसाबले मतगणनास्थल तयार पारिएको छ। बिहीबार मतदानपछि मतगणना सुरु गर्ने तयारी छ ।

डीआईजी घिमिरेले कुनै पनि डर र त्रास बिना मतदाताले निर्धक्क भएर सुरक्षितसाथ मतदान गर्ने वातावरण बनाइएको जानकारी दिनु भयो । प्रशासन, सुरक्षा लगायत व्यवस्थापनसँग सम्बन्धित सबै तयारी पूरा भइसकेकाले मतदातालाई मतदानमा कुनै समस्या नहुने उहाँले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।