पत्रकार एवं लेखक दीपेन्द्रराज तिम्सिनाको निधन

मोरङ,२० फागुन। पत्रकार दीपेन्द्रराज तिम्सिनाको ४५ वर्षको उमेरमा मंगलबार निधन भएको छ। एक साताअघि उच्च रक्तचापका कारण अस्वस्थ भएपछि उहाँलाई उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।

त्यहाँबाट थप उपचारका लागि काठमाडौं मेडिकल कलेज लगिएका उहाँको उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले बताएको छ। मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का स्थायी बासिन्दा तिम्सिना पत्रकारिताका साथै खोजमूलक पुस्तक लेखन र प्रकाशनमा निकै सक्रिय हुनुन्थ्यो।

उहाँले ‘टेलिफोन डायरी’, ‘नेपाल जेसिज’, ‘भुटानी शरणार्थी’, ‘तिम्सिना बन्धु’, ‘पथरी शनिश्चरे नगरपालिका’ र ‘इतिहासमा गुमनाम बिसे नगर्ची’ लगायतका महत्वपूर्ण अनुसन्धानात्मक कृतिहरू प्रकाशन गर्नु भएको छ्।

पछिल्लो समय उहाँ नेपाल बैंक तथा बैंकिङ इतिहाससम्बन्धी शोधकार्यमा व्यस्त हुनुन्थ्यो। सरल स्वभावका पत्रकार तिम्सिनाको आमा बुबा , श्रीमती , एक छोरा र छोरी रहेको बताइएको छ । पथरी जेसीजका पूर्वसदस्य उहाँ बिभिन्न संघ संस्थामा आवद्ध रहनु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी–पहिरोका कारण देशभरका मुख्य सडक खण्ड ठप्प

काठमाडौं , १५ भदौ। अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल

९०३ जनाको मृत्यु, ४ हजार २४७ अझै बेपत्ता, १० हजारभन्दा बढीको उद्धार

काठमाडौं ,१५ भदौ। रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ९०३ जनाको शव फेला परेको छ भने ४ हजार २४७

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण