देशभर सुरक्षा कडा

निर्वाचन बिथोल्नेलाई बल प्रयोग गर्ने चेतावनी – आईजीपी कार्की

काठमाडौँ,२० फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न देशभरको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बताउन’ भएको छ् । निर्वाचन सुरक्षा व्यवस्थापनका विषयमा जानकारी दिँदै उहाँले चुनाव बिथोल्ने वा उच्छृङ्खल गतिविधि गर्ने जोकोहीमाथि कडा रूपमा बल प्रयोग गरिने चेतावनी दिनु भएको छ ।

 

गृह मन्त्रालयको नेतृत्वमा निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग सम्मिलित एकीकृत सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइएको कार्कीले जानकारी दिनु भयो ।
उहाँका अनुसार अहिले चारवटै सुरक्षा निकायले आ–आफ्नो स्थानबाट सूचना संकलन गर्ने, त्यसको विश्लेषण गर्ने र सम्भावित चुनौतीहरूको मूल्यांकन गर्दै संयुक्त रूपमा काम गरिरहेका छन् । निर्वाचन गराउन आवश्यक पर्ने सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएको र देशैभरका सबै मतदान केन्द्रहरूमा सुरक्षाकर्मी पुगिसकेको उहाँले बताउनु भयो ।

 

हिमाली तथा उच्च पहाडी जिल्लाहरूको सुरक्षा र कर्मचारी व्यवस्थापनका विषयमा बोल्दै आईजीपी कार्कीले मौसम पूर्वानुमान महाशाखासँगको समन्वयमा काम भइरहेको प्रस्ट पार्नु भयो। तत्कालै हिमपातको ठूलो सम्भावना नदेखिए पनि अत्यधिक चिसो हुने क्षेत्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीको स्वास्थ्य तथा बन्दोबस्तीमा विशेष ध्यान दिइएको उहाँको भनाइ छ। लामो दूरी हिँडेर जानुपर्ने र चिसो बढी हुने दुर्गम स्थानहरूमा निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी पु¥याउन हेलिकप्टरको समेत व्यवस्था मिलाइएको उहाँले जानकारी दिनु भयो ।

 

निर्वाचनको मौन अवधिका विषयमा बोल्दै उहाँले यस समयमा राजनीतिक दल, उम्मेदवार र सम्बन्धित सबैले आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनु भएको छ। मौन अवधिको समयमा सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रामक सूचना फैलाउने वा आचारसंहिता विपरीतका गतिविधि गर्नेलाई तत्काल कानुनी दायरामा ल्याइने उहाँले चेतावनी दिनु भयो। यस्ता गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायले सूक्ष्म रूपमा निगरानी गरिरहेको र कानुन विपरीत काम गर्नेलाई एकीकृत ढंगले कारबाही अगाडि बढाइने उहाँले बताउनु भयो ।

 

निर्वाचनको दिन सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिने र कुनै पनि अवाञ्छित गतिविधि गर्नेलाई छुट नदिइने कार्कीले स्पष्ट पार्नु भएको छ। मतदान केन्द्रमा कसैलाई धम्काउने, डर त्रास देखाउने वा बुथ कब्जा गर्ने जस्ता गतिविधि गरेमा तत्काल कानुनी रूपमा बल प्रयोग गर्ने अधिकार खटिएका सुरक्षाकर्मीलाई दिइएको उहाँले बताउनु भयो ।

 

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लाको समग्र सुरक्षा व्यवस्थापन हुने भन्दै उनले मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी रहने जानकारी दिनु भयो। यदि कुनै स्थानमा परिस्थिति जटिल बनेमा तत्काल मद्दतका लागि सशस्त्र प्रहरी र नेपाली सेना परिचालन हुने गरी चुस्त व्यवस्था मिलाइएको उनको भनाइ छ। चुनावलाई अशान्त बनाएर बुथ नै रद्द गराउने जस्ता नियत राख्ने समूहलाई निस्तेज पार्न सुरक्षाकर्मी पूर्ण रूपमा तयार रहेको उहाँले बताउनु भयो ।

 

आम मतदातालाई अपिल गर्दै आईजीपी कार्कीले कुनै पनि डर, त्रास र धम्कीको प्रवाह नगरी निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गर्नु भएको छ। मतदातालाई आफ्नो घरबाट मतदान केन्द्रसम्म पुग्ने र मतदान गरेर सुरक्षित रूपमा फर्किने पूर्ण भरपर्दो वातावरण तयार भइसकेको भन्दै उहाँले आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न सबै नागरिकलाई अनुरोध गर्नु भएको छ्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।