झापा ५ मतगणना स्थल कस्तो ? हाई अलर्टमा किन झापा ५ ?

दमक, २० फागुन । निर्वाचन सुरक्षा योजनाअन्तर्गत झापा–५ लाई भने विशेष ‘हाई–प्रोफाइल’ संवेदनशीलताको सूचीमा राखिएको छ। पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उम्मेदवार रहेको यस क्षेत्रमा प्रहरीले विशेष सतर्कता अपनाएको हो। यहाँको निर्वाचन सुरक्षाको रणनिती र मतगणना स्थल कस्तो ?

 

दमक ८ स्थित अर्गानिक कृषि बजार । यहाँको पूर्व पट्टिको गेटमा निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं ५ लेखिएको ठुलो बोर्ड छ । या बोर्ड लेखिएको गेटबाट पश्चिम भीत्र पसेपछि यहाँ रहेका दुईवटा भवन मध्ये पश्चिम तर्फको भवन अहिले तार जाली र सिसि क्यामारा जडान गरेर निकै सुरक्षीत बनाइएको छ ।

किनकी यहाँ यस क्षेत्रमा रहेका सबै मतदान केन्द्रको मतपेटीका ल्याइने छ र मतगणना गरिने छ ।
देशकै इपि सेन्टरको रुपमा रहेको यो क्षेत्रको मतगणना स्थलपनि उत्तीकै संवेदनशील बनाएर सुरक्षीत बनाइएको छ । भुई देखी माथीको सिलिङ सम्मै वार पार हुने गरीको फलामको तारबाट बार लगाइएको छ । मतगणनामा बस्ने कर्मचारीहरु बस्ने र उम्मेदवारका प्रतिनिधी बस्ने स्थानलाई सुरक्षीत राखीएको छ । यस भीत्र हुने हरेक गतिविधिलाई निगराजी राख्न यहाँ १६ वटा सिसि क्यामारा समेत जडान गरीएको छ । कडा सुरक्षा प्रबन्ध सहित झापाको क्षेत्र नं ५को मतगणना स्थल सुरक्षीत पारीएको यहाँका निर्वाचन अधिकृत विदुर कुमार कार्कीले जानकारी दिनुभयो ।

‘सुरक्षामा समेत हाई अलर्ट’
मनोनयनका क्रममा भएको झडपलाई आधार बनाएर प्रदेश प्रहरीले थप १०० जनाको विशेष टोली र प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा छुट्टै टोली परिचालन गरेको छ। यस क्षेत्रमा कुनै पनि अप्रिय घटना हुन नदिन विशेष रणनीति तयार प्रहरीले जनाएको छ । यस पटकको निर्वाचनमा भौतिक मुठभेडभन्दा पनि सामाजिक सञ्जालमार्फत फैलाइने अफवाहलाई प्रहरीले मुख्य चुनौतीको रूपमा लिएको छ। अफवाह र डिजिटल मुठभेड रोक्न प्रदेश र जिल्ला तहसम्मै ‘साइबर डेस्क’ स्थापना गरी सूक्ष्म निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख बसुन्धरा खड्काले जानकारी दिनुभयो । निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरीसहितको एकीकृत टोली खटाइएको जनाइएको छ ।

 

झापाका कुल २८५ मतदानस्थल मध्ये ९५ वटालाई अतिसंवेदनशील १४७ लाई संवेदनशील र ४३ वटालाई सामान्य सूचीमा राखेर सुरक्षा योजना बनाइएको छ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार सुरक्षाका लागि तीन घेराको व्यवस्था गरिएको हो । जसमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहनेछन् । बिहीबारको मतदानका लागि झापाका सबै २८५ मतदानस्थल र ८१५ मतदान केन्द्रहरूमा सोमबार साँझ नै कर्मचारी र आवश्यक निर्वाचन सामग्री पुगिसकेको जनाइएको छ। जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसीकुमार नेपालका अनुसार मंगलबारदेखि कर्मचारीहरू मतदान केन्द्रको तयारीमा जुटेका छन् ।

झापामा कुल ७ लाख १३ हजार ५३७ मतदाता रहेका छन् । यसपटक ५० हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचनका लागि ४ हजार ९४५ स्थायी कर्मचारी र २ हजार ४४५ स्वयंसेवक खटाइएको जनाइएको छ ।विगतका निर्वाचनमा ६५ देखि ७० प्रतिशत मात्र मत खसेको झापामा यसपटक ९० प्रतिशत मत खसाल्ने लक्ष्यका साथ मतदाता शिक्षा प्रभावकारी बनाइएको निर्वाचन कार्यालयले बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा