झापा, २१ फागुन । झापा कारागारमा रहेको अस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न भएको जनाइएको छ ।
यहाँ शतप्रतिशत मत खसेको छ । कारागारमा रहेका १०७ जना कैदीबन्दी र एक जना कारागार प्रमुख गरी १०८ जनाले त्यहाँ मतदान गरेको जनाइएको छ । मतदाताको अन्तिम नामावलीमा १०७ जना कैदी बन्दीको नाम रहेको थियो ।
मतदाता नामावलीमा रहेका १०७ जना कैदी बन्दी र आफू गरी १०८ जनाले शतप्रतिशत मत हालेको कारागार प्रमुख रेवन्त भट्टराईले बताउनु भयो । उहाँले सर्जमिन मुचुल्का गरी मतपेटिका सिल गरिसकिएको जानकारी दिनु भएको छ । सो मतपेटिका बेलुका मात्र ढुवानी गरिने भएको हो ।









