झापा,२१ फागुन। प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बिहीबार देशभर मतदान भइरहेको छ। सोहीअनुसार झापामा पनि शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाइएको छ ।
सर्वाधिक चासोको क्षेत्रका रूपमा रहेको झापा–५ मा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मतदानका लागि जेनजीहरुको पनि उल्लेख्य सहभागिता रहेको जनाइएको छ ।
झापा ५ मा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका नेता बालेन शाह लगायत उम्मेदवार रहनु भएको छ ।









