झापा,२१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापामा दिउँसो १ बजेसम्म ४१.०४ प्रतिशत मतदान भएको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय झापाका अनुसार कुल ७ लाख १३ हजार ५३७ मतदातामध्ये २ लाख ९२ हजार ८५८ मत खसेको हो । निर्वाचन क्षेत्रअनुसार खसेको मत विवरण यसप्रकार रहेको छः

झापा–१
कुल मतदाता १ लाख ३१ हजार ६७ मध्ये ५७ हजार ७१६ मत खसेको जनाइएको छ । यहाँ ४४.०४ प्रतिशत मतदान भएको छ ।
झापा–२
कुल मतदाता १ लाख ४७ हजार ५२२ मध्ये ६६ हजार ७५ मत खसेको जनाइएको छ । यहाँ ४४.७९ प्रतिशत मतदान भएको हो ।
झापा–३
कुल मतदाता १ लाख ४० हजार ८५७ मध्ये ५५ हजार ३८३ मत खसेको हो । यहाँ ३९.३२ प्रतिशत मतदान भएको छ ।
झापा–४
कुल मतदाता १ लाख ३० हजार ७१२ मध्ये ४१ हजार १३० मत खसेको जनाइएको छ । यहाँ ३१.४७ प्रतिशत मतदान भएको हो ।
झापा–५
कुल मतदाता १ लाख ६३ हजार ३७९ मध्ये ७२ हजार ५५४ मत खसेको जनाइएको छ । यहाँ ४४.४१ प्रतिशत मतदान भएको छ । यद्यपि यो क्षेत्रमा साढे १ बजेसम्म भने ४५ प्रतिशत मत खसिसकेको जनाइएको छ ।
जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान जारी रहेको बताइएको छ ।









