मतदानमा उत्साह

सुरक्षा व्यवस्था प्रभावकारी :गृह मन्त्रालय

काठमाडौँ,२१ फागुन । देशभर जारी प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा अवस्था चुस्त र प्रभावकारी रहेको गृह मन्त्रालयले बताएको छ ।

निर्वाचनको सुरक्षा अवस्था जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल र सचिव राजकुमार श्रेष्ठ लगायतका उच्च पदाधिकारीहरूले मन्त्रालय स्थित नियन्त्रण कक्ष (कन्ट्रोल रुम) को निरीक्षण गर्नु भएको छ।

बिहीबार केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरूले कन्ट्रोल रुममा गएर देशभरको निर्वाचन सुरक्षा अवस्थाबारे रिपोर्टिङ लिएको जनाइएको छ। मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा सञ्चालित नियन्त्रण कक्षबाट देशभरका निकायहरूबाट प्राप्त प्रतिवेदनका आधारमा वस्तुस्थितिबारे जानकारी लिएको गृह मन्त्रालयले बताएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन २४ सै घण्टा शान्ति सुरक्षा अनुगमन, नियमन तथा समन्वयका लागि नियन्त्रण कक्ष सञ्चालन भइरहेको छ । एकीकृत सुरक्षा योजना अनुसार सुरक्षा समन्वय महाशाखाका प्रमुख आनन्द काफ्लेको संयोजकत्वमा गृह निर्वाचन सेल समेत सोही कक्षबाट सञ्चालन भइरहेको जनाइएको छ ।

निर्वाचन सुरक्षाको अवस्था सुदृढ रहेको र मतदानमा नागरिकहरूको उत्साहपूर्ण सहभागिता देखिएको मन्त्रालयकी सह–प्रवक्ता रमा आचार्य (सुवेदी)ले बताउनु भयो।
गृहमन्त्री अर्यालले नियन्त्रण कक्षबाट निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन सबै कर्मचारी तथा सुरक्षा निकायलाई निर्देशन दिनु भएको छ्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ