मतदानस्थलबाटै मतपत्र गायब, दोलखामा चुनावी तनाव

दोलाखा,२१ फागुन।दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ स्थित मालुको गोल्मेश्वर मावि मतदानस्थलबाट ५६ बुक मतपत्र गायब भएको जनाइएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सुरु भएलगत्तै बिहीबार बिहान मतदानस्थलमा खटिएका कर्मचारीलाई हातपात गर्न खोज्दै एउटा समूहले उक्त मतपत्र लुटेको हो ।

नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले भने उक्त काममा नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ताको संलग्नता रहेको आरोप लगाएका हुन् ।

बिहानैदेखि जारी विवाद अझै पनि समाधान हुन सकेको छैन । सर्वदलीय बैठक बसेर मतदान सुरू गर्ने सहमति त भयो तर मतपत्र नै गायब भएपछि प्रक्रिया अघि बढेको छैन ।

हराएको मतपत्रको खोजी गरिए पनि मतपत्र नभेटिँदा मतदान अब अर्को दिनलाई सार्नुपर्ने अवस्था आएका जनाइएकोे छ।

बुथ कब्जा गर्न मतपत्रको बुक नै लिएर हिँडेका नेपाली कांग्रेसका वडा सदस्य यज्ञबहादुर श्रेष्ठ, तामाकोशी गाउँपालिका स्थित तरुण दलका अध्यक्ष अनिल श्रेष्ठ र नेकपाका नेता अर्जुन योगीविरुद्ध अब मुद्दा चल्ने भएको जनाइएको छ।

मतपत्र लुटपाटमा संलग्न यी तीनजनाको पहिचान भएको छ । अरू चार जना पनि नियन्त्रणमा रहेका छन् । उनीहरूलाई रिहा गर्ने तयारी प्रहरीको छ। मतपत्र लुटपाटको आरोप लागेका कांग्रेस र नेकपाले स्थानीय नेताहरूलाई तत्काल छाड्न भनेका छन्।

विवाद नमिलेपछि मतदानको अर्को मितिका लागि मतदान अधिकृतले अर्को मिति तोक्ने भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।