आमनिर्वाचन २०८२

मतदातामा उत्साह: विकास र समृद्धिको माग गर्दै झापा ५ का मतदाताले गरे मतदान

झापा,२१ फागुन।झापामा कुल ७ लाख १३ हजार ५ सय ३७ मतदाता रहेका छन । यसमध्ये ४ लाख ५० हजार हाराहारीका मतदाताले मतदान गरेका छन । करिव ६१ प्रतिशत मतदाताले गरेको मतदान यहाँ हर्सोल्लास पुर्वक सम्पन्न भएको छ । झापाको अझ रोचक र चर्चामा रहेको निर्वाचन क्षेत्र नं ५ मा चाहिँ कस्तो भयो मतदान ?

सडक भरी सुरक्षाकर्मी, नेपाल प्रहरी मात्र नभएर ससस्त्र र नेपाली सेना समेत सकृय । बाक्लो सुरक्षाका बिच झापाको निर्वाचन क्षेत्र नं ५ मा आज मतदान सम्पन्न भएको छ ।मतदानमा सहभगी भएकाहरुमा नया आसा र उमंग देख्न सकिन्छ ।

दमक ५ को मतदान स्थल । दिपिनी आधारभुत बिद्यालय । यहाँ बिहानैदेखी मतदाताहरुको भिड सडक सम्मै देख्न सकिन्थ्यो । मतदान गरेर फर्केकाहरु भनिरहेका थिए हामीले हालेको मत खेर जानू हुदैन । देशमा सुसासन स्थापना हुन पर्यो । मतदान गरेर बाहिर नस्क्नुभएकी सरु खरेलको यो अपेक्षा यहाबाट जितेज जाने प्रतिनिधिले पूरा गर्नु पर्ने उहाको माग रहेको छ ।

 

उसो त यस क्षेत्रका नागरिक भ्रस्टाचार र सुसासन मात्र खोजिरहेका छैनन । यहाँ विकास निर्माणका काम गर्न पनि उत्तिकै खाचो छ । सडक र पुल बनाउन सक्ने उम्मेदवारलाई मत दिएर निस्केको प्रतिक्रिया झापा गौरिगन्जमा मतदान गरेर निस्केका मतदाताको भनाई छ ।

स्थानीय स्तरमै रोजगारको माग मतदाताको छ । गौरदहमाको हासखोरामा मतदाता गरेर फर्कनु भएका अमिन लाल ताजपुरीया भन्नुहुन्छ यो देश बनाउन सक्ने योग्य ब्यक्तिलाई मतदान गरेको बताउनु भयो ।

चुनाव सकिएर मतपेटिका निर्वाचन कार्यालयमा लगिएको छ । दमक ८ स्थित अर्गानिक कृषि बजारमा रहेको निर्वाचन अधिकृतको कार्यालमा मतगणना गरिने छ । सबै मतपेटिका संकलन गरि सर्वदलीय छलफल गरेर मतगणना कतिबेला गर्ने भन्ने टुङ्गो लाग्ने निर्वाचन कार्यालय झापाले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।