झापा ५ मा बालेनको २ हजार ८ सय ७८ सहित अग्रता

दमक, २२ फागुन । झापाको क्षेत्र नं ५ मा नेकपा एमालेले अध्यक्ष केपि शर्मा ओलीले आफ्‌नो मतान्तार घटाउन सक्नु भएको छैन ।

उहाँलाई रास्वपाका बालेन्द्र शाहले निरन्तर पछि पारिरहनु भएको छ । पछिल्लो मत परिणाममा पनि बालेन २ हजार ८ सय ७८ मत सहित अग्रस्थानमा हुनुहुन्छ भने ओली १ हजार १३० मतले पछ्याइरहनु भएको छ ।

 

यस्तै नेपाली काग्रेस की मन्दरा चिमरीया पौलेले १८२ मत सहित तेस्रो हुन प्रतिस्पर्धा गरीरहनु भएको छ भने श्रम सस्कृत र नेकपा बिचको निकतटम प्रतिस्पर्धा चालीरहेको छ । थौथो को बन्नेमा भएको प्रतिस्पर्धामा श्रम सस्कृतीका समिर तामाङले १३९ मत ल्याउनु भएको छ भने उहाँलाई नेकपाका रञ्जीत राईले १२९ मत सहित पछ्याइरहनु भएको छ । उता हिन्दु राष्ट्र र राजतन्त्रको वकलत गरीरहेको राप्रपाले भने अहिले सम्म २९ मत मात्रै प्राप्त गरेको छ ।

 

यहाँ१ लाख ६३ हजार ३ सय ७९ मतदाता रहेकोमा हिजो भएको मतदानमा १ लाख ६ हजार ३ सय ७२ मतदाताले मतदान गरेका छन् । यहाँ झापाको दमक र गौरादह नगरपालिकाको ८ वटा वार्ड, कमल र गौरीगञ्ज गाउँपालिकाको ५ वटा वार्डहरु गरी कुल २९ वटा वार्डहरु पर्दछन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।