परिवर्तनको अपेक्षाले हालेको मत सदर भयो भन्दै खुसीयाली

झापा ५ मा रास्वपाको अग्रता निरन्तर रहदा मतदातामा उत्साह

काममा परिणाम निकालेर काम देखाउन सुझाव

दमक, २२, फागुन । नेपालकै इलेक्सनको इपि सेन्टर बनेको झापा क्षेत्र नं ५को चुनावी परिणाम निकै रोचक आइरहेको छ । निरन्तर अत्यन्तै फराकीलो मतान्तरले विजयी हासील गरिरहनु भएका एमालेका अध्यक्ष समेत रहनु भएका केपि ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टिका बरिष्ठ सभापति समेत रहनु भएका बालेन्द्र शाहले सुरुवाती देखीनै अग्रता बनाएर टक्कर दिइरहनु भएको छ ।

 

पटक पटक प्रधानमन्त्री बनीसकेका , राजनितीमा परिपक्क व्यक्तिलाई अघील्लो चुनावमा काठमाडौ महानगरपालिकाबाट मेयर जीतेका एक उम्मेदवारले टक्कर दिएर यत्तीको फराकीलो मतान्तर ल्याइरहदा झापाका मतदाता मा उत्साह देखिएको छ ।

फागुनको पट्यारलाग्दो घाम । यदपी मतपरिणामको व्यग्र प्रतिक्षामा बसीरहनु भएका मतदाता । मतगणना भएको स्थल दमक ८ स्थित अर्गानिक कृषि बजार परिसर भन्दा करिव २ सय मिटर उत्तरमै सर्वसाधारणलाई प्रहरीले रोकेर राखेका छ । शान्त र अनुशाषती भएर मतदाता आफुले हालेको मतको परिणाम कस्तो आउने रहेछ भनेर सुनेर बसीरहेका छन् ।

 

निर्वाचन कार्यालयले जतिबेला मत परिणाम सार्वजनीक गर्छ उनीहरु एमालेका उम्मेदवार केपि शर्मा ओलीको मत परिणाम आउँदा कुनै प्रतिकृया देखाउदैनन् । तर रास्वपा उम्मेदवार बालेन्द्र शाहको बढेको मत परिणाम आएपछि भने उनीहरु उत्साहीत भएको प्रतिकृया दिन्छन् । यसबाट उनीहरु हामीले गरेको मतदानले न्याय गर्दै छ भन्ने आभाष पनि गराइरहेका थिए ।

 

यसरी मतपरिणाम कुरेर बसीरहनु भएका दमक ८ निवासी नारायण प्रसाद अधिकारी आम नागरिकले अहिले यूवाको नेतृत्व चाहेका कारणले यस खालको परिणाम आएको प्रतिकृया दिनु हुन्छ । नागरीकले सुस्त हैन तिव्र विकास खोजेको र त्यहि अपेक्षाका साथ यूवालाई नेतृत्वमा स्थापीत गरेको उहाँले बताउनु भयो ।

 

यस्तै यही भीडमा भेटिनु भएका दमक ५ निवासी सरस्वती ओझा आफु बालेनको फ्यान रहेको र बालेनले देशमा कायापलट हुने गरी परिवर्तन गर्न सक्ने अपेक्षा राखेको प्रतिकृया दिनुहुन्छ । उहाँले भन्नु भयो ‘नेपालमा भ्रष्टचार र सुसाशनको अन्त्य भएर यूवाले स्वदेशमै रोजगार पाउँदै विदेशबाट पनि यूवाहरु फर्कने र यही काम गर्ने वातावरण बनाइनु पर्छ ।’ र यो काम बालेनबाट हुन सक्ने उहाँको बिस्वास छ ।

 

यस्तै यूवाहरुले यूवालाई रोजेको र यूवाको शक्ति परिणाम सहितको परिक्षण हुने मौका समेत नागरीकले दिएको बताउनु हुन्छ मतगणनास्थल बाहिर भेटिनु भएका लक्ष्मण तिवारी । राजनैतिक ज्ञान समेत राख्नु भएका तिवारी भन्नु हुन्छ ‘नेपालमा भएको जुन गतिको विकास छ यहाँ कुनै एउटा दलले बहुमत सहित ल्याएर सरकार चलाउन नपाएका कारण पनि हो ।’ मिलिजुली सरकार बनाउने परिस्थितीले विकासमा प्रभाव पारेको बताउँदै तिवारीले ‘अहिले सम्मको अग्रता हेर्दा रास्वपाले एकल बहुमत ल्याउन सक्ने र एकल पार्टिको सरकार भएमा स्थाई विकास हुने छ । ’ बताउनु भयो ।

 

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले एकछत्र उपस्थिति देखाउने निश्चित भएको छ। बिहीबार एकैचरणमा भएको मतदानपछि अहिले देशभर मतगणना भइरहँदा यो निर्वाचन युवा ऊर्जा र परिवर्तनको चाहनासँग जोडिएको पुष्टि भएको छ। यो रिपोर्ट लेख्दा सम्म राष्ट्रिय स्वतन्त्र पार्टीले १०३ निर्वाचन क्षेत्रमा अग्रता बनाउँदै सहज बहुमततिर लम्किएको हो ।

 

रास्वपाले अहिलेसम्म प्रत्यक्षतर्फ १०३ निर्वाचन क्षेत्रमा अग्रता बनाएको छ। हालसम्म गणना भएका क्षेत्रहरूमा रास्वपाले सतक बढी क्षेत्रमा अग्रता बनाएर संसद्मा एकछत्र उपस्थिति देखाउन लक्ष्यण देखाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एमालेमा पुनर्गठन होइन, पुनःजागरण आवश्यक छ : ओली

झापा,३१ साउन। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी पुनर्गठको विषय सडक छापका कुरा भएको बताउनु भएको छ्। झापाको बिर्तामोडबाट आजदेखि सुरु भएको

पाटन बारको निर्वाचन प्रक्रियाप्रति स्वतन्त्र कानुन व्यवसायी मञ्चको आपत्ति

काठमाडौं,३१ साउन । स्वतन्त्र कानुन व्यवसायी मञ्चले उच्च अदालत बार एशोसिएसन, पाटनको निर्वाचन प्रक्रिया धाँधलीपूर्ण, एकपक्षीय, अपारदर्शी र दमनपूर्ण भएको आरोप लगाउँदै वहिष्कार गरेको जनाएको

निगमबाट उपत्यकामा ग्यास वितरण जारी

काठमाडौं ,३१ साउन । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्याँसको उच्च मागलाई मध्यनजर गर्दै ग्यास वितरण गरिरहेको छ । काठमाडौँ उपत्यकामा ग्याँसको उच्च

युवाले मदन भण्डारीका विचार आत्मसात गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं,३१ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बदलिँदो राजनीतिक, प्राविधिक र भूराजनीतिक परिवेशअनुकूल अघि बढ्न युवापुस्ताले मदन भण्डारीका विचारलाई गहिरो रूपमा अध्ययन र आत्मसात गर्नुपर्ने बताउनु

विशेष महाधिवेशन जबरजस्ती गरियो, अदालतप्रति पूर्ण विश्वास छ : देउवा

काठमाडौं,३१ साउन । नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाले गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई आफूले मान्यता नदिएको बताउनु भएको छ । कांग्रेसको इतरपक्षको राष्ट्रिय

चितवनमा घाइते बनाउने बाघ नियन्त्रणमा

चितवन ,३१ साउन । चितवनको राप्ती नगरपालिकाको एक बस्तीमा पसेर आतङ्क मच्चाएको एउटा बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ । राप्ती नगरपालिका वडा