झापा ५ बासी भन्छन्‌: ‘हाम्रो भरोसा नटुटोस’

आशालाई परिणाममा रूपान्तरण गर्न सके भने उनीहरूको राजनीतिक आधार बलियो बन्न सक्छ; नसके, नेपाली राजनीतिमा ‘लहर’ हराउने इतिहास दोहोरिन सक्छ ।

दमक २५ फागुन । संक्रमणकालीन न्याय, आर्थिक सुधार, रोजगारी, सुशासनजस्ता सवाल वर्षौंदेखि थाती छन्, तर ठोस परिणाम देखिएको छैन । यसले मतदातामा ‘एक पटक नयाँलाई मौका दिऔँ’ भन्ने मनोविज्ञान पैदा गर्यो । यही मनोविज्ञानको फाइदा रास्वपाले उठाएको हो । रास्वपाको उभारलाई केवल लहरका रूपमा हेर्नु पर्याप्त हुँदैन । यो स्थापित दलहरूप्रति बढ्दो अविश्वास र नयाँ विकल्पको खोजीको संकेत पनि हो । झापा ५ का मतदाताले किन मत फेरे त ? उनीहरुको भरोसा र बिस्वास केकेमा र कसरी छ ? आजको यो रिपोर्टमा झापा ५ का मतदाताको भावना समेट्ने प्रयास गर्ने छौ ।

 

 

दमकको सडकमा हिडिरहेका बेला एउटा कार चलाई रहेको अवस्थामा भेटिनु भयो बिपिन अधिकारी । उहाँ झापा ५ कै मतदाता हुनुहुदो रहेछ । नेपालमा परिवर्तन आओस भनेर उहाँले यो पटक बालेनलाई मतदान गरेको बताउनु भयो । यो भन्दा अघीका नेताले नारामा मात्रै विकास गरेको र परिणाममा अनुभूति गर्न नसकिएकोले बालेनले अनुभूति हुने गरीको विकास गर्न सक्ने विस्वासका साथ मत परिवर्तन गरेको प्रतिकृया दिनुभयो ।

 

 

दमक ५ का खगेन्द्र भण्डारी चाहि जनताको रोजाइबाट चुनिएको व्यक्तिले देश विकास गर्न पर्छ । यो वा त्यो भन्दा पनि जनादेश जसको बलियो भयो उसले देशकालागी राम्रो गर्न पर्छ । यो पटक देशभरकै माहोल रास्वपाको राम्रो भएकोले उसैले देशलाई अव नयाँ गतिमा पुर्याउनु पर्ने धारणा राख्नु हुन्छ ।

 

यही ठाउँमा भेटिनु भएका अजीत कुमार शंखरलाई लागेको छ अव देश यूवाको नेतृत्वमा बन्नु पर्छ । त्यसकारण पनि झापा ५ बाट यूवालाईनै रोजाएर पठाइएको छ । यूवाको जोश, र खोज लाई अव देशको विकास र समृद्धिमा लगाउने बेला भएकोले देशभर यूवा प्रतिको विस्वास बढिरहेकोले देशमा परिवर्तन हुन्छ भन्नेमा उहाँ विस्वस्त हुनुहुन्छ ।

 

 

नयाँ पार्टी भएकाले रास्वपासँग विगतका राजनीतिक बोझ र संरचनागत दबाब कम छन् । यही कारणले उनीहरूसँग नीति निर्माण र कार्यान्वयनमा अपेक्षाकृत स्वतन्त्रता बढी छ । तर यही अवसर उनीहरूका लागि ठूलो चुनौती पनि हो । मतदाताले उनीहरूलाई परिवर्तनको आशासहित मत दिएका छन् । यदि त्यो आशालाई परिणाममा रूपान्तरण गर्न सके भने उनीहरूको राजनीतिक आधार बलियो बन्न सक्छ; नसके, नेपाली राजनीतिमा ‘लहर’ हराउने इतिहास दोहोरिन सक्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाको पक्षमा रास्वपा

काठमाडौं,२९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू ‘शंकास्पद’ रूपमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कोशी प्रदेश सरकारद्वारा ‘प्रदेश सञ्चार प्रतिष्ठान’ गठन

विराटनगर,२९ असार । कोशी प्रदेश सरकारले ’प्रदेश सञ्चार प्रतिष्ठान’ गठन गरेको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद् बैठकले प्रतिष्ठानको अध्यक्ष, रजिस्ट्रार र सदस्यहरु नियुक्त

कोशी सरकारले बजेट खर्च कति गर्यो?

विराटनगर, २९ असार । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷८३ मा जम्मा २६ अर्ब २५ करोड बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय,

कोशी प्रदेश प्रेस रजिस्ट्रारमा इटहरीका लिलाराज नियुक्त

विराटनगर २९ असार । कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल र प्रेस रजिष्टारमा लिलाराज भट्टराई नियुक्त हुनु भएको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को आज

दमकमा आदिकवी भानुभक्तको रामायण र कविता वाचनको प्रतियोगिता सम्पन्न

दमक,२९ असार । दमकमा २१३ औँ भानु जयन्तीको अबसरमा भानुभक्तको रामायण स्लोक र कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । जेष्ठ नागरिक सम्मान प्रतिस्ठान दमकले