गौरादहका मेयरलाई घरमै गएर कुट्ने व्यक्ति को हुन ?

प्रहरीले सिसि क्यामारेको फूटेज समेत फेला परेकोले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

 

दमक, २५ फागुन । झापाको गौरादह नगरपालिकाका मेयर छत्रपती सुवेदीलाई उहाँकै निवासमा एक अपरीचित व्यक्तिले कुटपिट गरेका छन् ।

आईतबार साँझ उहाँकै घरको भान्साकोठाबाट खाना खाएर बाहिर निस्कने क्रममा ती व्यक्तिले मेयर सुवेदीको दाहिने गालामा एक चट्कन लगाएको मेयर सुवेदीले दमकमा पत्रकार सम्मेलन गर्दै जानकारी गराउनु भएको छ ।

 

घटनाबारे बताउँदै उहाँले भन्नु भयो ‘म बाहिरको काम सकेर घर फर्केको थिए । एक जना अपरीचित व्यक्ति घरमै बस्नु भएको थियो । मैले को हो भनेर सोधे । मैले यहाँ दाईसग एकछिन काम छ भनेपछि मैले अर्कैसगको कामले आएको रहेछ भन्ने सोचे र घर भीत्र छिरे । पछि खाना खाएर बसीरहेका बेला ठुलो ठुलो स्वरमा कराउँएर बोलाएको सुने ’ । उहाँले घटना बारे सम्झदै भन्नु भयो किन भाई कोहो तपाई, भित्रै आउनुस, भने । तर ती व्यक्ति भीत्र आएनन् । उहाँले भन्नु भयो । त्यसपछि बाहिर निस्कने क्रममा आफुमाथी एक्कासी आक्रमण गरेको उहाँले बताउनु भयो ।

 

 

यसरी घरमै आक्रमण गर्न जाने व्यक्ति मेयरकै छिमेकीको आफन्त रहेको खुलेको छ । गौरादह ५ निवासी ४४ वर्षीय भीष्म सिटौला रहेको खुलेको छ । उनका विरुद्धमा मेयर सुवेदीले उजुरी दिइसकेको र प्रहरीले समेत पक्राउ गरीसकेको पनि उहाँले पत्रकार सम्मेलनका क्रममा बताउनु भयो ।

 

 

उनलाई दमक स्थित प्रहरी कार्यालयले अहिले पक्राउ गरीसकेको छ । प्रहरीले सिसि क्यामारेको फूटेज समेत फेला परेकोले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । कानुनी प्रकृया पुरी गरी कार्वाहिकालागी अघी बढाइने दमक प्रहरीले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।