दमक, २५ । राष्ट्रिय स्वतन्त्र पार्टिका बरिष्ठ नेता बालेन शाहले झापाको क्षेत्र नं ५ बाट चुनाव लड्दा आफ्ले १४ लाख १७ हजार २ सय ८९ रुपैँया मात्रै खर्च गरेको विवरण निर्वाचन कार्यालयमा बुझाउनु भएको छ ।
उहाँले आज जिल्ला निर्वाचन कार्यालय झापामा बुझाएको विवरणमा सबैभन्दा बढि घरदैलो कार्यक्रममा खर्च भएको उल्लेख गरीएको छ । यसमा यस क्षेत्रमा पर्ने २९ वटै वडामा पुगेर घरदैलो सहित प्रचार गर्दा ५ लाख ८० हजार रुपैया खर्च भएको जनाइएको छ ।
यसपछि सवारी साधन खर्चमा बढि भएको विवरण पेष गरीएको छ । जहाँ भनिएको छ ‘ १५ दिन गाडी भाडामा लिएपापत २ लाख ९३ हजार ८ सय रुपैँया इन्धन सहित भुक्तानी गरिएको छ ।
यसपछि क्षेत्रीय निर्वाचन कार्यालयमा पानी र स्टेशनरी छपाईमा क्रमश १ लाख २० हजार र २२ हजार ८ सय २० रुपैँया खर्च गरीएको कार्यालयमा पेष गरीएको विवरणमा उल्लेख छ ।
झण्डा, व्याज र प्रचार सामाग्री, ब्यानर तथा स्टिकर बनाउँदा २ लाख ७६ हजार ८ सय ४९ रुपैँया खर्च गरिएको छ ।
बिभिन्न १० वटा बुदामा गरिएको खर्च विवरण सहित कुल १४ लाख १७ हजार २ सय ८९ रुपैँयाको खर्च विवरण उहाँका प्रतिनिधी नबिन भण्डारीले आज जिल्ला निर्वाचन कार्यालय झापामा बुझाउनु भएको हो ।









