झापामा रोकिएन लागू औषध कारोबार

कमलबाट पक्राउ परेका यी ब्यक्तिबाट कति भयो बरामद ?

दमक, २५ | फागुन | झापाको कमल गाउँपालिका–६ गुवाबारीबाट प्रहरीले लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

आज दिउँसो करिब १ बजेतिर इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएको हो।

 

प्रहरीले मे ११ प ६०५० नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा चालक कमल गाउँपालिका–६ बस्ने ३२ वर्षीय लक्ष्मण राजवंशीको साथबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको जनाएको छ।

प्रहरीका अनुसार प्लास्टिकमा पोका पारेर राखिएको उक्त पदार्थको तौल ३ ग्राम ४४० मिलिग्राम रहेको छ।

राजवंशीको साथबाट २२ हजार रुपैयाँ नगद, बजाज कम्पनीको २२० सीसी पल्सर मोटरसाइकल र रेड्मी कम्पनीको मोबाइल एक थानसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा पक्राउ परेका राजवंशीलाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तस्बिर : ए आई

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।