दमक, २५ | फागुन । गौरादह नगरपालिकाका मेयर छत्रपती सुवेदीलाई छापड हानेको आरोपमा पक्राउ परेका एक जनामाथि अनुसन्धान गर्न प्रहरीले १० दिनको म्याद थप पाएको छ।
जिल्ला प्रशासन कार्यालय झापाले मुलुकी अपराध संहिता २०७४ अन्तर्गत अभद्र व्यवहार कसुरमा अनुसन्धान गर्न गौरादह नगरपालिका–५ राजपती चोक चप्रामारीका ३४ वर्षीय भिष्म सिटौलामाथि १० दिनको म्याद थप गरेको हो।
प्रहरीका अनुसार आइतबार साँझ करिब साढे ७ बजेतिर सिटौलाले मादक पदार्थ सेवन गरी मेयर सुवेदीको घरमा पुगेर गालीगलौज तथा गालामा थप्पड समेत हानेका थिए ।
घटनापछि खटिएको प्रहरी टोलीले उनलाई हिजै
पक्राउ गरेको र आज जिल्ला प्रशासन कार्यालय झापामा उपस्थित गराई अभद्र व्यवहारसम्बन्धी कसुरमा १० दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।









