दोषीलाई कार्वाहीको माग

गौरादहका मेयर कुट्नेका विरुद्ध बोल्यो मानव अधिकार संघठन

दमक, २५ फागुन | गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीमाथि भएको आक्रमणको घटनाप्रति नेपाल मानव अधिकार संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संगठनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै फागुन २४ गते साँझ गौरादह नगरपालिका–५ का भिष्म सिटौलाले मादक पदार्थ सेवन गरी नगर प्रमुख सुवेदीको घरमै पुगेर आक्रमण गरेको घटनालाई गम्भीर रूपमा लिएको जनाएको हो।

विज्ञप्तिमा नागरिकको स्वतन्त्र र सम्मानपूर्वक बाँच्न पाउने अधिकारमाथि आघात पुग्ने गरी भएको उक्त घटनाको वास्तविकता पत्ता लगाउन माग गरिएको छ। साथै, उक्त घटना एकल व्यक्तिको कार्य हो वा कसैको उक्साहटमा भएको हो भन्ने विषयमा निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

नेपाल मानव अधिकार संगठनका कोशी प्रदेश संयोजक जयबहादुर श्रेष्ठ र केन्द्रीय उपाध्यक्ष कमल प्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिमा सम्पूर्ण नागरिकको मानवअधिकारको संरक्षण र सुरक्षा सुनिश्चित गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ।

उक्त घटनामा संलग्न आरोपमा गौरादह नगरपालिका–५ का ३४ वर्षीय भिष्म सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको छ। पक्राउ परेका सिटौलालाई अनुसन्धान गर्न १० दिनको म्याद थप गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।