चुनाव रास्वपाले जीतेको हो कि बालेनले ?

यो चुनाव धेरै हदसम्म जनताको मौन विद्रोह थियो।

दमक, २६, फागुन । नेपालको राजनीतिक इतिहासमा कहिलेकाहीँ यस्ता क्षण आउँछन्‌ जुन केवल चुनावी परिणाम होइन राजनीतिक भूकम्प हुन्छन्। तीन वर्षअघि मात्रै जन्मिएको एउटा दल राष्ट्रिय स्वतन्त्र पार्टी आज प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। नेपालको संसदीय इतिहासमै अभूतपूर्व परिणाम ल्याएको छ। यो सामान्य जित होइन। यो पुरानो राजनीतिक संरचनामाथि जनताको ठुलो फैसला हो। अझ रोचक कुरा के छ भने धेरै ठाउँमा मतदातालाई आफ्नै क्षेत्रको उम्मेदवारको नाम थाहा थिएन। तर मत खस्यो घण्टि चिन्हमा।

त्यसैले अहिले प्रश्न उठिरहेको छ यो लहरको वास्तविक कारण के हो? के यो रवि लामिछाने को नेतृत्व र पार्टीको एजेन्डाको परिणाम हो? कि यो लहरको पछाडि एउटा अर्को शक्तिशाली प्रतीक बालेन शाह ?

आज हामी यही प्रश्नको गहिरो विश्लेषण गर्नेछौँ।

जनताको मौन विद्रोह

सबैभन्दा पहिले एउटा कुरा बुझ्नुपर्छ। यो चुनाव सामान्य लोकतान्त्रिक प्रतिस्पर्धा मात्र थिएन। यो चुनाव धेरै हदसम्म जनताको मौन विद्रोह थियो। वर्षौँदेखि सत्ता चलाएका पुराना दलहरूको विकासका वाचा, भ्रष्टाचारका आरोप, सत्ता संघर्ष, र अस्थिर सरकार। यी सबै कारणले नागरिक थाकिसकेका थिए। जनताको मनमा एउटा प्रश्न थियो “अब पनि यही राजनीति चलिरहने हो?” त्यसैले मतदाताले कसलाई जिताउने भन्दा पनि कसलाई हटाउने निर्णय गरे। त्यो असन्तुष्टिको केन्द्रमा बनेको विकल्प थियो घण्टि चिन्ह।

बालेन प्रभाव

अब आउँछ अर्को रोचक पक्ष। नेपालको राजनीतिक मैदानमा अचानक देखा परेको एउटा नाम बालेन्द्र शाह अर्थात बालेन । काठमाडौँ महानगरको नेतृत्व सम्हालेपछि उहाँले एउटा सन्देश दिनुभयो राजनीति पुराना दलहरूको एकाधिकार होइन। उहाँले त्यसबेला व्यक्त गरेका कतिपय अभिव्यक्तिबाट पनि यो कुराले पुष्टि गरेको छ ।
साहस, दृढता र इमान्दार नेतृत्वले प्रणाली बदल्न सकिन्छ भन्ने उहाँका अठोट जाग्यो । त्यसमा उहाँको खरो प्रस्तुती, यूवामाझ लोकप्रीय । र भ्रष्टाचारविरुद्धको अडान यी सबैले युवामा एउटा नयाँ विश्वास जगायो बालेन प्रति । यही कारणले चुनावी मैदानमा धेरै ठाउँमा पार्टीका अन्य नेता भन्दा पनि चुनाव अघी मात्रै पार्टि प्रवेश गर्नु भएका बालेनको तस्बिर सबैको मनसपटलमा बस्यो । नाम गुन्जीयो । जतिबेलै घण्टी बज्ने गरी । कसैले प्रचारमा राखे। कसैले सामाजिक सञ्जालमा फैलाए। अन्ततः बालेन केवल व्यक्तिमात्र रहनु भएन । उहाँ नयाँ राजनीतिक आशाको प्रतीक बन्न सक्नु भयो । भरोसा र विस्वासको किरण बन्नु भयो ।

रवि लामिछानेको संघर्ष

तर यस चुनावी लहरलाई केवल बालेन प्रभाव भनेर बुझ्दा मात्रै पनि अधुरो विश्लेषण हुनेछ।

यहाँ अर्को शक्तिशाली पात्र हुनुहुन्छ , रवि लामिछाने। मिडियाबाट उदाउनु भएका लामिछाने एकाएक राजनीतिमा उदाएका नेताको रुपमा चिनिनुहुन्छ । उहाँको लोकप्रियता जति थियो उहाँलाई विवाद पनि उतीनै बनाइयो । नागरीकता र पासपोर्ट किर्ते देखी लिएर सहकारी घोटला सम्मका घटनाले उहाँलाई विवादमा तान्यो । सहकारी सम्बन्धीको मुद्धामा धरौटीमा छुटेर चुनाव लाडनु भएका लामिछाने पनि चुनाव भर देश दौडाहमा निस्कनु भयो सामान्य अवस्थामा यस्ता घटनाले राजनीतिक छवि कमजोर बनाउँछन्। तर यहाँ उल्टो भयो। उहाँका समर्थकले उहाँलाई प्रणालीसँग लडिरहेको पात्र का रूपमा चर्चा गरीदिए । जनताले त्यहि पत्याए । धेरैका लागि उहाँ सिस्टमविरुद्धको आवाज हो भन्ने महसुस गराउन सके । राजनीतिमा कहिलेकाहीँ तथ्य भन्दा कथा बलियो हुन्छ। र यहाँ रवि लामिछानेको कथा मतदाताको भावनासँग जोडियो ।

चिन्हको राजनीति

यस चुनावले नेपालमा एउटा नयाँ सत्य पनि देखायो। यो चुनावमाविचार, नीति र उम्मेदवारभन्दा पनि प्रतीक र भावना निर्णायक बने। मतदाताले यस्तो सन्देश दिए कि हामी पुरानो राजनीति होइन नयाँ सुरुवात चाहन्छौँ । त्यसैले घण्टि चिन्ह केवल चुनाव चिन्ह मात्र रहेन। यो परिवर्तनको प्रतीक बन्यो। कहिलेकाहीँ राजनीतिमा एउटा चिन्हले सम्पूर्ण जनभावना बोकेर हिँड्छ। यस पटक घण्टि त्यही चिन्ह बन्यो।

तीन शक्तिको संगम

अब सबैभन्दा महत्वपूर्ण प्रश्न यो लहरको वास्तविक कारण के हो? यसलाई विश्लेषण गर्दा तीन वटा शक्ति स्पष्ट देखिन्छन्।

पहिलो : पुराना दलहरूप्रतिको गहिरो असन्तुष्टि।

दोस्रो : रवि लामिछाने को नेतृत्व र उनको राजनीतिक कथा।

तेस्रो : बालेन शाह ले निर्माण गरेको आशा र प्रतीक।

यी तीनै तत्व मिसिँदा नेपालको इतिहासमै दुर्लभ राजनीतिक लहर बन्यो। तर अब सबैभन्दा कठिन चरण सुरु भएको छ। इतिहास बनाउनु त्यति गाह्रो हुँदैन। तर इतिहासलाई टिकाइराख्नु अत्यन्त गाह्रो हुन्छ।आज जनताले राष्ट्रिय स्वतन्त्र पार्टी लाई अभूतपूर्व विश्वास दिएका छन्। तर यही जनता भोलि निराश भए भने उनीहरू फेरि नयाँ विकल्प खोज्न पनि हिच्किचाउने छैनन्।

नेपालको राजनीति अहिले एकदमै महत्वपूर्ण मोडमा उभिएको छ। र अब हेर्न बाँकी छ यो परिणाम

केवल एउटा चुनावी क्रेज हो?कि नेपालको राजनीतिमा सुरु भएको नयाँ युग ?

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एमालेमा पुनर्गठन होइन, पुनःजागरण आवश्यक छ : ओली

झापा,३१ साउन। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी पुनर्गठको विषय सडक छापका कुरा भएको बताउनु भएको छ्। झापाको बिर्तामोडबाट आजदेखि सुरु भएको

पाटन बारको निर्वाचन प्रक्रियाप्रति स्वतन्त्र कानुन व्यवसायी मञ्चको आपत्ति

काठमाडौं,३१ साउन । स्वतन्त्र कानुन व्यवसायी मञ्चले उच्च अदालत बार एशोसिएसन, पाटनको निर्वाचन प्रक्रिया धाँधलीपूर्ण, एकपक्षीय, अपारदर्शी र दमनपूर्ण भएको आरोप लगाउँदै वहिष्कार गरेको जनाएको

निगमबाट उपत्यकामा ग्यास वितरण जारी

काठमाडौं ,३१ साउन । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्याँसको उच्च मागलाई मध्यनजर गर्दै ग्यास वितरण गरिरहेको छ । काठमाडौँ उपत्यकामा ग्याँसको उच्च

युवाले मदन भण्डारीका विचार आत्मसात गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं,३१ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बदलिँदो राजनीतिक, प्राविधिक र भूराजनीतिक परिवेशअनुकूल अघि बढ्न युवापुस्ताले मदन भण्डारीका विचारलाई गहिरो रूपमा अध्ययन र आत्मसात गर्नुपर्ने बताउनु

विशेष महाधिवेशन जबरजस्ती गरियो, अदालतप्रति पूर्ण विश्वास छ : देउवा

काठमाडौं,३१ साउन । नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाले गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई आफूले मान्यता नदिएको बताउनु भएको छ । कांग्रेसको इतरपक्षको राष्ट्रिय

चितवनमा घाइते बनाउने बाघ नियन्त्रणमा

चितवन ,३१ साउन । चितवनको राप्ती नगरपालिकाको एक बस्तीमा पसेर आतङ्क मच्चाएको एउटा बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ । राप्ती नगरपालिका वडा