दमक, २७ फागुन । दिनभरको भागदौड । अनुहारमा धुलो, मैलो, घाम, पानी र हावाको बेग । सबै थेग्नु पर्छ । अनी बेलुका घर पुग्दा बिहान निस्केको अनुहार निकै थकीत देखिन्छ । अनुहारको रुपनै फरक पनि बनीदिन्छ । अनुहारको छालाले यती धेरै चुनौती खेपिरहेका हुन्छन् कि कुनै दिन त्यसले ठुलौ रुप दिन थालेपछि मात्रै हामी झसङ्ग हुन्छौ अनी कहाँ र कुन स्किन डक्टरकहाँ जानुपर्ने हो त्यहाँ खोज्दै कुद्यने गर्दछौ ।तर तपाईलाई दमकमा रहेका ग्लोरी व्यूटि पार्लरले भने निशुल्क रुपमा स्किन र हेयर अर्थात कपालको परिक्षण गराएर सर्तक गराउने गरेको छ । सौन्दर्य सेवासँगै सचेतना र सही जानकारी दिन उद्देश्य राखेर यहाँ ‘फ्रि स्किन एण्ड हेयर चेकअप क्याम्प’ सञ्चालन गरिएको हो ।
दमक १ की अनिता सेन्चुरी आफ्नो स्किन र कपालको सुरक्षा गर्नु पर्छ भन्नेमा चिन्तती हुनुहुन्छ । शरिरिका बिभिन्न अंगहरु मध्ये छाला र कपाललाई विषेश महत्व दिएर सुरक्षा गर्न उहाँ आवश्यक ठान्नु हुन्छ । जसकालागी उहाँले बिभिन्न कम्पनीका उत्पादनहरु प्रयोग गर्नु हुन्थ्यो । तर उहाँको छाला र कपालको अवस्था कस्तो छ ? त्यसकालागी कस्तो उत्पादनहरु लगाउँदा उपयूक्त हुन्छ भन्ने जानकारी कम थियो ।त्यहि भएर दमक ६ नयाँ सब्जी बजार देखी उत्तर तर्फ आई ओ एमको कार्यालय छेउमा रहेको ग्लोरी व्यूटि पार्लरमा आएर उहाँले आफ्नो छाला र कपालको परिक्षण निशुल्क गराउनु भयो । अव भने उहाँ आफ्नो छाला र कपालको अवस्था थाह पाएर बिज्ञले दिएको सुझावका आधारमा मात्रै कुन उत्पादन प्रयोग गर्ने भन्नेमा निश्चिन्त हुनु भएको छ ।
उसो त दमक ५ कि सुनिता लिम्बुले पनि यहाँ चलीरहेको फ्रि स्किन र हेयर चेकअप क्याम्पमा आएर परिक्षण गराउनु भयो । आफ्नो स्किन र कपालमा देखिने समस्याबारेमा बताउँदै अव विषेशज्ञले उहाँलाई मिल्ने गरीका उत्पादन सिफारीस गर्नु भएको छ । र सोहि अनुसार प्रयोग गरेर आफ्नो छाला र कपालको सुरक्षा गर्ने कुरा निश्चिन्त हुनु भएको छ ।
माईक्रो डर्मा कम्पनी र ग्लोरी व्यूटि पार्लरको संयूक्त आयोजनामा चलेको स्किन र हेयरको चेकजाँच क्याम्पसमा पचासौ सेवाग्राहिले निशुल्क परिक्षण गराउनु भयो । यसबाट उहाँहरुले आफ्नो छाला र कपालको स्थित थाह पाउनुका साथै आफुले प्रयोग गरीरहेका क्रिमहरु कस्ता छन् ? उपयूक्त छन् वा छैनन भन्ने कुरा थाह पाउने गरेका माईक्रो डर्मा कम्पनीका निर्देशक भानु ढुङ्गानाले जानकारी दिनुभयो ।
माईक्रो डर्मा कम्पनीले प्राकृतिक रुपमा छालामा लगाउने बिभिन्न खालका क्रिमहरु उत्पादन गर्ने गर्दछ भने कपालमा प्रयोग गरीने सिरमहरु पनि उत्पादन गर्छ । यसको उत्पादन कस्तो छ ? उपभोक्ताले त्यसबाट कसरी लाभ लिइरहेका छन् ? अनी सेवाग्राहिकै छाला र कपालको स्थिती पनि कस्तो छ त ? भन्ने कुराको परिक्षण गरी जानकारी लिन पनि यो खाले क्याम्प दमकमा आयोजना गरीएको ग्लोरी व्यूटि पार्लरकी सञ्चालीका गीता लिम्बुले बताउनु भयो ।यो क्याम्पसमा सहभागी भएर माईक्रो डर्मा कम्पनीको कुनैपनि उत्पाद खरिद गर्नेलाई ५० प्रतिशत छुट समेत दिने सुविधा उपलब्ध रहेको समेत उहाँले बताउनु भयो । यसले सेवाग्राहीलाई गुणस्तरीय उत्पादन प्रयोग गर्ने अवसर समेत प्रदान गरेको छ ।
यससँगै, ग्लोरी व्यूटि पार्लरले सौन्दर्य सेवा मात्रै होइन, व्यूटिसियन सम्बन्धीका बिभिन्न तालिम र कोर्षहरु पनि सञ्चालन गर्दै आएको छ । निशुल्क देखी विषेश छुट सम्मका कक्षाहरु समेत यहाँ हुने गर्दछन् । यसबाट व्यूटिसियन बन्न चाहने नयाँ पुस्ताकालागी रोजगार बन्न र स्वरोजगार बन्न समेत यसले मद्यत गरीरहेको ग्लोरी व्यूटि पार्र्लरले जनाएको छ ।अन्य सौन्दर्य सम्बन्धीका सेवा पनि यहाँ विषेशज्ञ सहित उपलब्ध रहेको पनि सञ्चालीका लिम्बुले जानकारी दिनुभयो ।अर्थात्, दमकमा सञ्चालन गरिएको यो ‘फ्रि स्किन एण्ड हेयर चेकअप क्याम्प’ केवल सौन्दर्य सेवा मात्र होइन, आफ्नो छाला र कपालको वास्तविक अवस्था बुझ्ने र सही हेरचाहको बाटो रोज्ने एउटा महत्वपूर्ण अवसरका रुपमा स्थापित भएको छ ।









