दमक | ३० फागुन | झापाको बिर्तामोडमा छुरा प्रहारबाट एक जना युवक घाइते भएका छन्।
घाइते हुनेमा दमक नगरपालिका–७ का १८ वर्षीय अभिषेक लिम्बू रहेका छन्।
आज साँझ करिब ६ बजे बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल अगाडि रहेको सस्तो भोजनालय नजिकै उनलाई छुरा प्रहार गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मेचीनगर नगरपालिका–१० का विशाल चौधरीले लिम्बूमाथि छुरा प्रहार गरेका हुन्। आक्रमणबाट लिम्बूको दायाँ तिघ्रामा चोट लागेको छ।
घाइते लिम्बूको बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न चौधरीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ।









