इन्धनको मुल्य

पेट्रेल– डिजलको मुल्य बृद्धि : अव बन्ने बालेन सरकार र चुनावी नजिताको परिणामको तारताम्य छ र?

मूल्यवृद्धि राजनीतिक कारणले नभई अन्तर्राष्ट्रिय बजारको असरका कारण

दमक, २ चैत्र । सामाजिक सञ्जालमा ‘ अव बन्न लागेको रास्वपा तथा बालेन्द्र शाह नेतृत्वको सरकारका कारण पेट्रोलको मूल्य बढाइयो’ भन्ने टिप्पणी फैलिरहेको छ । तर नेपाल आयल निगमले भने मूल्यवृद्धि राजनीतिक कारणले नभई अन्तर्राष्ट्रिय बजारको असरका कारण भएको स्पष्ट पारेको छ।

निगमले जारी गरेको प्रष्टीकरणमा अमेरिका–इजरायल–इरानबीच बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको उल्लेख छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारको वास्तविक मूल्यअनुसार समायोजन गर्ने हो भने पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ र डिजेल प्रतिलिटर ५४ रुपैयाँसम्म बढाउनुपर्ने अवस्था थियो। तर उपभोक्तालाई भार नपरोस् भनेर कम मात्र वृद्धि गरिएको निगमको भनाइ छ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँले बढेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँले महँगिएको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ। यस्तै अन्तर्राष्ट्रिय बजारबाट खाना पकाउने ग्यास प्रतिसिलिन्डर २१६ रुपैयाँ बढेर आए पनि नेपालमा त्यसको मूल्य भने नबढाइएको निगमले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।