सुर्खेत,३ चैत। सुर्खेतमा १६ वर्षीया इनिशा बिकको हत्या प्रकरण अनुसन्धानको निर्णायक चरणमा पुगेको छ। घटनामा संलग्न भनिएका अभियुक्तहरूको बयान सकिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका एक नाबालकले इनिशासँग लामो समयदेखि प्रेम सम्बन्ध रहेको र शारीरिक सम्बन्धपछि अत्यधिक रक्तस्राव हुँदा उनी बेहोस भएको दाबी गरेका छन्। तर, उक्त बयानको सत्यता पुष्टि गर्न अब पोलिग्राफ परीक्षणको सहारा लिइँदैछ।
यसैबीच, फरेन्सिक रिपोर्ट आउन बाँकी रहेकाले अन्तिम निष्कर्ष अझै सार्वजनिक भएको छैन।
उता, पीडित परिवारले सामूहिक बलात्कार पछि हत्या भएको भन्दै कडा कारबाहीको माग गरिरहेका छन् भने प्रहरीले वैज्ञानिक अनुसन्धानबाट सत्य बाहिर ल्याउने दाबी गरेको छ।

हिमालमा थुप्रिएको फोहोर र शवप्रति सांसदहरूको चिन्ता
काठमाडौं,१२ जेठ । प्रतिनिधि सभाको आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिएको छ । मंगलबार बसेको बैठकमा संस्कृति, पर्यटन तथा








