बालेनको ‘ठूलो खेल’ : सरकार बनाउँदै संविधान नै फेरिने संकेत ?

काठमाडौं,३ चैत। ‘दुई तिहाइमा दुई सिट कम’ बहुमतको नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी—अब बालेन्द्र शाह नेतृत्वमा सरकार बनाउने तयारीमा छ। तर प्रश्न उठेको छ—यो सरकार विकास र सुशासनमै केन्द्रित हुन्छ कि देशको शासकीय प्रणाली नै बदल्ने बाटोमा जान्छ?

 

रास्वपाको ‘वाचापत्र’ र ‘नागरिक करार’ हेर्दा एउटा ठूला परिवर्तनको संकेत देखिन्छ। पार्टीले अहिलेको संसदीय प्रणाली हटाएर ‘प्रत्यक्ष निर्वाचित कार्यकारी’ प्रणाली ल्याउने स्पष्ट एजेन्डा अघि सारेको छ। यसको अर्थ—अब प्रधानमन्त्री संसदले होइन, सिधै जनताले छान्ने व्यवस्था हुन सक्छ। यति मात्र होइन, संसद पूर्ण समानुपातिक बनाउने, प्रदेश संरचना फेरबदल गर्ने र स्थानीय तहलाई ‘गैरदलीय’ बनाउने प्रस्ताव पनि अघि सारिएको छ। अर्थात्, सिंहदरबार देखि गाउँपालिका सम्म—पूरै शासन संरचना पुनःनिर्माणको योजना।

 

तर चुनौती पनि कम छैन। संविधान संशोधनका लागि प्रतिनिधिसभा मात्र होइन, राष्ट्रियसभा र प्रदेशहरूको समर्थन पनि अनिवार्य छ।
अब मुख्य प्रश्न—देशलाई चाहिएको स्थिरता, विकास र सुशासन हो कि फेरि एकपटक संविधानमै ठूलो प्रयोग? निर्णय अब राजनीतिमा मात्र होइन, राष्ट्रकै दिशामा निर्भर रहने देखिन्छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।