प्रधानमन्त्री कार्कीद्वारा नेकपालाई धन्यवाद, निर्वाचन सफल बनाएकोमा प्रशंसा

काठमाडौं,४ चैत । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाली कम्युनिस्ट पार्टीलाई पनि निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिनु भएको छ।
नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरु प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुग्नु भएको थियो ।

उहाँहरु बीच हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो।
प्रधानमन्त्री कार्कीले भन्नु भयो, ‘तपाईँहरुले निर्वाचनमा भाग लिइदिनुभयो । यो निर्वाचनको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका खेल्नुभयो । यसका निम्ति धेरै धन्यवाद छ ।’

उहाँले निर्वाचनमा विजय भएका नेताहरुलाई बधाई दिइनु भयो । अन्य नेताहरुलाई अर्कोपटकका लागि शुभकामना दिइनु भयो।
नेकपाका नेताहरुले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भई देशले निकास पाएको भन्दै बधाई दिनु भयो ।
संयोजक प्रचण्डले भन्नु भयो, ‘यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो। यसमा जुन साहस र मेहनतका साथ तपाईँले काम गर्नुभयो, यो निकै महत्त्वपूर्ण र प्रशंसालायक छ ।’

सुरुकै दिनदेखि आफू र आफ्नो पार्टी निर्वाचनको पक्षमा उभिएको पनि उहाँले स्मरण गर्नु भयो ।
‘हामीले सुरुबाटै निर्वाचनको विकल्प छैन भनेर उभिएका हौँ। इफ बट केही नभनी निर्वाचन हुनुपर्छ भन्ने त्यतिबेला हामी मात्रै थियौँ,’ उहाँले भन्नु भयो ।
पूर्वप्रधानमन्त्री नेपालले भन्नु भयो, ‘प्रधानमन्त्रीमा सुशीला कार्की आउने भन्ने सुनेको दिन निकै राहतको महसुस भएको थियो । तर पछि तपाईँले नआउने भन्नुभयो भन्ने समाचार पनि आयो। त्यस कुराले हामी सबै आत्तिएका थियौँ। तपाईँ आइदिएपछि संविधान बाँच्छ, व्यवस्था जोगिन्छ र अवस्था सम्हालिन्छ भन्ने विश्वास थियो ।’
अस्तव्यस्त अवस्था सम्हालेर ६ महिनाभित्रै चुनाव गराउने कार्य निकै चुनौतीपूर्ण भए पनि प्रधानमन्त्री कार्कीको छवि, इमान र दृढताका कारण सम्पन्न भएको उहाँहरुको भनाई थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मल अभावको चेतावनीः युद्धले नेपालको खेतीमा असर

काठमाडौं,४ चैत।पश्चिम एशियामा जारी इरान–इजरायल युद्धले अब सीधै नेपालको कृषि क्षेत्रमा असर पार्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य झण्डै ३० प्रतिशत सम्म बढेको

रास्वपा सांसदको प्रतिबद्धताः अब भाषण होइन, परिणाम

काठमाडौं,४ चैत।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले अब केवल बोल्ने होइन, काम गरेर देखाउने बताएका छन्। पार्टीको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद आशिका तामाङले

प्रधानमन्त्री कार्कीद्वारा नेकपालाई धन्यवाद, निर्वाचन सफल बनाएकोमा प्रशंसा

काठमाडौं,४ चैत । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाली कम्युनिस्ट पार्टीलाई पनि निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिनु भएको छ। नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

खोटाङमा हेलिकप्टर दुर्घटना, पाइलटसहित यात्रु सुरक्षित

खोटाङ,४ चैत। खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्तम्छा स्थित बालाबेंसीमा काठमाडौंबाट शव लिएर पुगेको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको

फुटपाथ अतिक्रमण हटाउन गृहमन्त्री महतोको कडा पहल

जनकपुर,४ चैत । जनकपुरधामको सडकपेटी खाली गराउन मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो आफैं ओर्लिनु भएको छ । जनकपुरधाम उपमहानगरपालिका, जनकपुरधाम उद्योग

“सरकारी वित्तीय संस्था सुधारको सन्देश : ३५ वर्ष नपुग्दै उद्धारको अवस्था”

काठमाडौं,४ चैत । अर्थमन्त्री रामेश्वर खनालले सरकारी स्वामित्वका वित्तीय संस्थाहरूको अवस्था सुधार गर्न नीतिगत स्पष्टता आवश्यक रहेको बताउनु भएको छ्। नागरिक लगानी कोषको ३६ औँ