रास्वपा सांसदको प्रतिबद्धताः अब भाषण होइन, परिणाम

काठमाडौं,४ चैत।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले अब केवल बोल्ने होइन, काम गरेर देखाउने बताएका छन्। पार्टीको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद आशिका तामाङले जनताले दिएको विश्वासलाई व्यवहारमै उतार्नुपर्नेमा जोड दिइनु भएको छ्। उहाँले भन्नु भयो—अब भाषणले मात्रै विकास, सुशासन वा भ्रष्टाचार अन्त्य सम्भव छैन, त्यसका लागि काम गर्नैपर्छ।

अर्का सांसद सागर ढकालले आफूहरू सबै विषयमा जानकार नभए पनि सिक्दै अघि बढिरहेको स्पष्ट पार्नु भएको छ। उहाँका अनुसार अभिमुखीकरण कार्यक्रमले संसदीय अभ्यास बुझ्न र देशका समस्या पहिचान गर्न मद्दत गरिरहेको छ।
यस्तै, सांसद सुलभ खरेलले अपेक्षाभन्दा बढी समर्थन पाएको भन्दै थप जिम्मेवारी महसुस भएको बताउनु भयो। उहाँले नीति तथा कानुन निर्माणलाई प्राथमिकतामा राख्दै विगतभन्दा फरक नतिजा दिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

सांसद सुम्निमा उदासले अहिले सबैको नजर रास्वपा तर्फ रहेको भन्दै बोलाइ देखि व्यवहारसम्म सचेत हुन निर्देशन दिइएको जानकारी दिइनु भयो्। समग्रमा, रास्वपा सांसदहरूले देश सुधार, सुशासन र प्रभावकारी कानुन निर्माणलाई केन्द्रमा राखेर अघि बढ्ने स्पष्ट सन्देश दिएका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मल अभावको चेतावनीः युद्धले नेपालको खेतीमा असर

काठमाडौं,४ चैत।पश्चिम एशियामा जारी इरान–इजरायल युद्धले अब सीधै नेपालको कृषि क्षेत्रमा असर पार्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य झण्डै ३० प्रतिशत सम्म बढेको

रास्वपा सांसदको प्रतिबद्धताः अब भाषण होइन, परिणाम

काठमाडौं,४ चैत।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले अब केवल बोल्ने होइन, काम गरेर देखाउने बताएका छन्। पार्टीको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद आशिका तामाङले

प्रधानमन्त्री कार्कीद्वारा नेकपालाई धन्यवाद, निर्वाचन सफल बनाएकोमा प्रशंसा

काठमाडौं,४ चैत । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाली कम्युनिस्ट पार्टीलाई पनि निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिनु भएको छ। नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

खोटाङमा हेलिकप्टर दुर्घटना, पाइलटसहित यात्रु सुरक्षित

खोटाङ,४ चैत। खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्तम्छा स्थित बालाबेंसीमा काठमाडौंबाट शव लिएर पुगेको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको

फुटपाथ अतिक्रमण हटाउन गृहमन्त्री महतोको कडा पहल

जनकपुर,४ चैत । जनकपुरधामको सडकपेटी खाली गराउन मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो आफैं ओर्लिनु भएको छ । जनकपुरधाम उपमहानगरपालिका, जनकपुरधाम उद्योग

“सरकारी वित्तीय संस्था सुधारको सन्देश : ३५ वर्ष नपुग्दै उद्धारको अवस्था”

काठमाडौं,४ चैत । अर्थमन्त्री रामेश्वर खनालले सरकारी स्वामित्वका वित्तीय संस्थाहरूको अवस्था सुधार गर्न नीतिगत स्पष्टता आवश्यक रहेको बताउनु भएको छ्। नागरिक लगानी कोषको ३६ औँ