बेहोस भए स्कार्पियो चालक, सडकमै गयो ज्यान

गाडीमा सवार यात्रुहरूले उनलाई बोलाउँदा कुनै प्रतिक्रिया नदिएपछि स्थानीयको सहयोगमा तत्काल उपचारका लागि दमकस्थित निम्स अस्पताल पुर्‍याइएको थियो ।

दमक, ६ चैत्र । झापाको कमल गाउँपालिकामा सवारी चलाउँदै गरेका एक चालकको अचानक मृत्यु भएको छ ।

 

बिहिवार साँझ करिब ६ बजेर ३० मिनेट जाँदा कमल गाउँपालिका–५ सितापुरी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा उक्त घटना भएको हो ।

बिर्तामोडबाट पथरीतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ च ००८० नम्बरको स्कारपियो गाडीका चालक मोरङको शनिश्चरे नगरपालिका–९ निवासी ४५ वर्षीय योगेश धिमाल गाडी चलाउने क्रममा अचानक असहज भएका थिए ।

प्रहरीका अनुसार चालक धिमालले गाडी सडक किनारामा रोकेरै बेहोस भएका थिए ।

गाडीमा सवार यात्रुहरूले उनलाई बोलाउँदा कुनै प्रतिक्रिया नदिएपछि स्थानीयको सहयोगमा तत्काल उपचारका लागि दमकस्थित निम्स अस्पताल पुर्‍याइएको थियो ।

तर, अस्पतालमा उपचारकै क्रममा साँझ करिब ८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् ।

घटनापछि इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको छ ।

मृतक धिमालको शव पोस्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारे उर्लाबारी पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।