इनिशा विक हत्या प्रकरण : माइतीघरमा न्यायका लागि प्रदर्शन

काठमाडौं,७ चैत । सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै शनिबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ ।लामगादे पौडेल वंश समाज केन्द्रीय समिति, नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समिति लगायत विभिन्न नागरिक समाजका अगुवाहरूको सहभागितामा बृहत् धर्ना कार्यक्रम गरिएको हो । प्रदर्शनकारीहरूले दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।

 

विरोध कार्यक्रममा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले राज्यले यस्ता घटना दोहोरिन नदिन प्रभावकारी रूपमा काम गर्नुपर्ने बताउनु भएको छ् । उहाँले भन्नु भयो, ‘भोलीको दिनमा यो खालको मुद्धा लिएर सडकमा आउन नपर्ने गरी अव राज्य सक्षम हुनुपर्छ । हामी हिजो पनि यही विषयमा सडकमा ४५ दिनसम्म आन्दोलनमा थियौँ । भोलीको दिनमा पनि यस्तो खालको आन्दोलन गर्न नपर्नेगरी सरकारले काम गर्न पर्नेछ । भोली बन्ने सरकारको सदस्यको नाताले हिजो सडकमा र अब सदनमा यो मुद्दा उठाइनेछ । सधैँ यो समुदायले घृणा र पीडा सहन सक्दैन ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा