झापामा चट्याङको असर, कहाँ कहाँ के के भयो?

दमक ,७ चैत । झापाका विभिन्न स्थानमा आज भएका दुई फरक आगलागी तथा चट्याङ घटनामा करिब साढे पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ। जिल्लाको कचनकवल गाउँपालिका–४ खुट्टामुनिमा आज मध्यान्ह १२ बजेर २० मिनेटतिर एक कुखुरा फर्ममा अचानक आगलागी भएको हो। स्थानीय जमाल मियाले सञ्चालन गरेको बोइलर कुखुराको फर्ममा विद्युत तार सर्ट भई आगो लागेको प्रहरीले जनाएको छ।

 

आगलागीका कारण फर्ममा रहेका १४ सय वटा कुखुराका चल्ला, प्लास्टिकका दाना तथा पानी राख्ने भाँडाहरू, विद्युत वायरिङ, दाना, भुस, औषधी तथा टाटी बेरासहित करिब ३ लाख ९७ हजार रुपैयाँ बराबरको क्षति भएको छ।प्रहरी र स्थानीयबासीको सक्रियतामा करिब ४० मिनेटपछि, अर्थात् दिउँसो १ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। यसैबीच, झापाकै बिर्तामोड नगरपालिका–७ गरामनीमा पनि चट्याङका कारण अर्को क्षति भएको छ।

आजै मध्यान्ह १२ बजेर ४० मिनेटतिर आएको हावाहुरी र वर्षासँगै परेको चट्याङले गणेश श्रेष्ठको दुईतले पक्की घरमा जडान गरिएको विद्युत मिटर बक्स, पानी तान्ने मोटर र सम्पूर्ण वायरिङ जलेर नष्ट भएको प्रहरीले जनाएको छ। उक्त घटनामा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ। दुवै घटनामा मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले पुष्टि गरेको छ।

एआइ तस्बीर

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।