मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु, ‘नहा खा’ बाट व्रत आरम्भ

सर्लाही,८ चैत । मिथिलाञ्चलमा श्रद्धा र आस्थाको महान् पर्व चैती छठ आजदेखि विधिवत् सुरु भएको छ । तराईका विभिन्न जिल्लामा यस पर्वलाई चार दिनसम्म विशेष धार्मिक विधिअनुसार मनाइने गरिन्छ ।महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा र पर्सालगायतका जिल्लामा व्रतीहरूले आज ‘नहा खा’ विधिबाट पर्वको सुरुआत गरेका छन् । यस दिन स्नान गरी शुद्ध भोजन ग्रहण गर्ने परम्परा रहिआएको छ ।

 

पर्वका अवसरमा गाउँ–सहरका पोखरी, तलाउ तथा नदी किनारमा चहलपहल बढेको छ । सत्य, अहिंसा र प्रकृतिप्रतिको श्रद्धा झल्काउने यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिने विशेष परम्परा रहेको छ । परिवारको सुख, शान्ति, समृद्धि र स्वास्थ्यको कामनासहित व्रतीहरू कठोर उपवास बस्ने गर्दछन् । दोस्रो दिन ‘खर्ना’, तेस्रो दिन सन्ध्याकालीन अर्घ र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी चैती छठ पर्व सम्पन्न गरिन्छ ।
यस क्रममा ठकुवा, खजुरिया, पेरुकियाजस्ता परिकार तथा विभिन्न फलफूल अर्पण गर्ने चलन रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।